अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फोर्ड ५ किमी फन रन
काठमाडौं– नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. फोर्डले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फोर्ड ५ किमी फन रन आयोजना गरेको छ ।
यही चैत्र २ गते हाइयर ग्राउन्ड र पाङ्ग्रोको संयुक्त आयोजनामा ५.२ कि.मी. फन रनको आयोजना गरेको थियो । उक्त कार्यक्रममा १२०० भन्दा बढी महिला, बालबालिका र पुरुषहरुको सहभागिता रहेको थियो । विगतका वर्षहरुमा पनि फोर्डले महिला सशक्तिकरणका कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।
उक्त दौड प्रतियोगितामा महिलातर्फ रसिला तमाङ प्रथम, गनिसा महर्जन दोस्रो र सुरेयन्सा खत्रीले तेस्रो स्थान प्राप्त गरेको थिए भने पुरुष तर्फ उज्ज्वल खरेल प्रथम, सोम गुरुङ दोस्रो र सुवर्ण थपलिया ले तेस्रो स्थान प्राप्त गरेका थिए ।
कार्यक्रमको शुरुवात जीम खानाद्धारा हल्का व्यायाम र जुम्बा सेसनको समन्वयमा इलिगेन्ट जुम्बा जोन र डान्स स्टुडियो, नित्य डान्स स्टुडियो र फिटनेस स्टुडियो ले गरेका थिए । साथै यस कार्यक्रमको एक प्रमुख आकर्षणको रुपमा रहेको थियो ब्लाईन्ड रक्सका सृष्टि के.सी.द्वारा समन्वय गरेको फेसन शो जसमा दृष्टिविहिनद्वारा फेसन शो गरेका थिए ।
यस फेशन शोलाई पूर्व मिस नेपाल निकिता चन्डकले कोरियोग्राफी गरेकी थिइन् । साथै महिलाहरुका लागि आत्मरक्षाका तरिकाहरुको पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा महिला उद्यमीहरुले बनाएका नेपाली उत्पादनका सर–सामानहरुका स्टल पनि राखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमाा पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’