शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धिरजको बुद्ध चिनाउने अभियानमा ५० सेलिब्रिटी

मङ्गलबार, ०५ चैत २०७५, १३ : २२
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं – गायक धिरज राइले १२ बर्षअघि कोरियाबाट शुरु गरेको बुद्धलाई बिश्वमा चिनाउने अभियानमा अहिलेसम्म डा. गोविन्द केसी, कुलमान घिसिङदेखि ५० बढी सेलिब्रेटी जोडिएका छन् । 

महानायक राजेश हमाल, दयाहाङ राई, सिताराम कट्टेल, शम्भुजित बास्कोटा, शिव परियार, रामकृष्ण ढकाल, बर्षा शिवाकोटी, केकी अधिकारी, ब्याकुल माइला, मिस नेपाल श्रृखला खतिवडा लगायत ५० भन्दा बढी सेलिब्रिटी उनको अभियानमा जोडिएका हुन् । 

धिरज राइले विश्वका विभिन्न मुलुकमा गएर बुद्धको वास्तविकता उजागर गर्ने अभियान जो चलाइरहेका छन् ।  त्यो एकदमै प्रशंसनीय छ’ अभिनेता राजेश हमालले भने, ‘यो अभियानमा जोडिन पाउँदा खुसी लागेको छ ।’ धिरणको यो अभियानमा सबै नेपालीले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्ने उनले बताए ।

बुद्धलाई विश्वमा चिनाउने अभियान लिएर धिरज हालसम्म  २५ देश पुगिसकेका छन् । यो अभियान लिएर उनी अब अस्ट्रेलिया र अमेरिका पुग्ने तयारीमा छन् ।  बुद्धको जन्मभूमिको बारेमा फैलाइएको भ्रम र बुद्धको बिषयमा करिब ४० प्रतिशत पुस्तक लेखिएको गल विचार सच्याउँने उदेश्यले आफुले अभियान सञ्चालन गरेको धिरज राईले बताए । 

गायक धिरज नै एमए अध्ययन गर्दा अंग्रेजी पुस्तकमा बुद्धको जन्म भारतमा भएको लेखिएको माथि विरोध गरेका थिए । उक्त कारण उनी कलेजबाट रेष्टिकट समेत भए । यही विषयमा उनले ६ महिनासम्म आन्दोलन चर्काएपछि पाठ्यक्रम सच्याइएको थियो ।

गतबर्ष रवि लामिछानेसँग मिलेर उनले टुँडिखेलमा बुद्ध गिनिज कार्यक्रम गरेका थिए । जसमा १ लाख ३० हजार नेपालीले प्रत्यक्ष जम्मा भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप