बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज
काठमाडौं-निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ ।
फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोली फ्रान्स गएको थियो ।
नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो बेलुकी ८ः३० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ ।
नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्ने बुध्द एयरले जनाएकाे छ । थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने छ ।
बुध्द एयर आगामी आगामी जेठ १३ बाट एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्नेछ । भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
सूर्याको हातमा आयो अर्को ठुलो फिल्म
-
नीरव मोदीको लन्डनस्थित घर बेच्न अदालतकाे अनुमति
-
जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
-
पत्रकारिताको स्तरोन्नति, क्षमता अभिवृद्धि र प्रेस स्वतन्त्रताको आन्दोलनमा किशोर नेपाल
-
राजश्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ