बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पूर्वडीआइजी थापा किन प्रवेश गरिन् फोरम नेपालमा ?

मङ्गलबार, ०५ चैत २०७५, १२ : ४३
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं–नेपाल प्रहरीका पूर्वडीआजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् । 

फोरम नेपालले पहिलो महाधिवेशनको तयारीमा गरिरहेको बेला थापा पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा लिएको छ । 

केही दिन पहिले फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव चितवन गएको बेला उनलाई पार्टीमा प्रवेश गराइएको थियो । 

योग्य भएपनि आईजीपी बन्न असफल थापा राजनीतिबाट विरक्त भएर बसेकी थिइन् । तर सबै समाधान राजनीतिकबाट नै देखेपछि उनी राजनीतिमा आएको मन्त्री यादवका स्वकीय सचिव अमरेन्द्र यादवले बताए ।
थापा आईजीपीको दौडमा भएपनि त्यतिबेला उपेन्द्रकान्त आर्यालले सो पदमा बाजी पारेका थिए । 

राजनीतिक दवावमा उपेन्द्रकान्त आर्याललाई आजीपी बनाएको भन्दै उनले त्यतिबेला राजनीतिक दललाई निकै गाली गरेकी थिइन् । न्यायका लागि सर्वोच्च अदालत पनि चहारेकी थिइन् ।  

उनी पार्टीमा प्रवेश गरेपनि हालसम्म कुनै जिम्मेवारी भने दिइएको छैन । बैशाख २७ गतेदेखि शुरु हुन गइरहेको महाधिवेशबाट नै उनलाई पार्टीमा कुनै जिम्मेवारी दिने पार्टी स्रोतले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप