शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारले सांकेतिक रुपमा धम्की दियोः राप्रपा संयुक्त

मङ्गलबार, ०५ चैत २०७५, ११ : ४०
मङ्गलबार, ०५ चैत २०७५

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र पूर्नस्थापना गर्न जनतामा जाने बताएका छन् ।

सुर्खेतमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राणाले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गल्ती भएको समेत दाबी गरे ।
अर्का अध्यक्ष लोहनीले विप्लव समूहकै लहरमा राप्रपा संयुक्तलाई समेत राखेर केपी ओली सरकारले सांकेतिक रुपमा धम्की दिएको भन्दै हिम्मत भए कारबाही गरेर देखाउन चुनौति दिए । 
 
‘संविधानको कुनै दफा परिवर्तन हुनुपर्छ भन्न पाउने छुट संविधानले नै दिएको छ । सोही संवैधानिक अधिकार प्रयोग गर्दा प्रधानमन्त्रीले हामीलाई निमिट्यान्न पार्ने धम्की दिएका छन् । बुद्धिजीवीलाई थला पार्छु भन्ने प्रधानमन्त्रीले निमिट्यान्न पार्ने कुरा गरे पनि हामी पछि हट्दैनौ,’ अध्यक्ष लोहनीले भने ।

‘अरुलाई थला पार्ने होइन बास्तवमा नेकपा सरकारले देशलाई नै थला पारेको छ । देश भ्रष्टाचारको दलदलमा फसेको छ । विकास बजेट १५, २० प्रतिशत भन्दा बढी खर्च हुन सकेको छैन । राष्ट्रिय पूँजी र श्रोतमा सानो समूहको हालिमुहाली छ । राष्ट्रको नभएर दलको, दलभित्रको गुटको मात्र यो सरकारले पृष्ठपोषण गरेको छ । सरकारले कुशासन मात्र थोपरेको छ,’ लोहनीले भने ।

नाटकीय परिवर्तन गर्ने जिम्मेवारी पाएको सरकार भ्रष्टाचारले दुर्गन्धित भएको राणाले बताए । 

राणाले ८१ प्रतिशत हिन्दु, ९४ प्रतिशत ओमकार परिवार भएको देशमा धर्मनिरपेक्षको व्यवस्था अन्यायपूर्ण भएको धारणा राखे ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप