अमेरिकी डलर ओरालोतर्फ : रेमिट्यान्स पठाउनेलाई घाटा, आयातमा राहत
मङ्गलबार, ०५ चैत २०७५, ११ : ३५
काठमाडौं । पाँच महिनाअघि झण्डै १२० रुपैयाँसम्म पुगेको डलरको भाउ घटेर आज (मंगलबार) १०९.९५ रुपैयाँमा झरेको छ । गत असोज २४ गते डलरको भाउ सर्वाधिक महंगो (एक डलरको ११९.३३ रुपैयाँ) थियो । त्यस यता एक डलरको मूल्य ९.३८ रुपैयाँले घटेको छ ।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको पनि योगदान रहेकाले डलर कमजोर हुँदा रेमिट्यान्स घट्नेछ । विदेशमा बसेका नेपालीले पठाएको रेमिट्यान्स साँट्दा कम मूल्य पाउनेछन् ।
अर्कोतर्फ हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा डलरको भाउ घट्दा आयातित सामानको भुक्तानीमा कम भार पर्नेछ । डलर तिरेर विदेशबाट ल्याएको सामानको मूल्य कम पर्नेछ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई आधार मान्ने हो भने अमेरिकी केन्द्रीय बैंकले केही समय ब्याज नबढाउने घोषणा गरेपछि डलर ओरालोतर्फ लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न