बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

मङ्गलबार, ०५ चैत २०७५, १० : २५
मङ्गलबार, ०५ चैत २०७५

भोजपुर ।  जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो । 

राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो । राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

त्यस्तै अदालतले अर्का एकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई जबर्जस्ती करणी उद्योगमा पुर्पक्षका लागि कारागार चलान गरेको हो ।राईले गत फागुन १० गते सोही ठाउँकी १५ वर्षीय बालिकालाई मन्दिरमा लगी करणी गर्न खोजेको प्रहरीले जनाएको छ । राईलाई पीडित बालिकाको उजुरीपछि गत फागुन ११ गते पक्राउ गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप