बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुकेश अम्बानीले कसरी पारिवारिक कलह बिर्सेर भाइलाई बचाए ?

मङ्गलबार, ०५ चैत २०७५, ०९ : ५५
मङ्गलबार, ०५ चैत २०७५

बीबीसी

मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले एरिक्सनलाई तोकिएको सीमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्दथ्यो नभए जेल जानु पर्दथ्यो ।

यसअघि अनिल अम्बानीले अदालतले आदेश दिँदा दिँदै पनि भुक्तानी गर्न सकिरहेका थिएनन् र यसपटक अदालतको मानहानीमा जेल जानुपर्ने खतरा देखिएको थियो । यद्यपी, यसपटक दाइ मुकेश अम्बानीले बचाए ।

यो बक्यौता रकम तिर्न आफ्ना दाइ मुकेश र भाउजु निता अम्बानीको मद्दतका लागि धन्यवाद दिँदै अनिल अम्बानीले एक बयान जारी गरेका छन् । यो बयानमा लेखिएको छ, ‘मुश्किल समयमा मैले आफ्नो परिवारबाट सहयोग पाएँ । यसले हाम्रो परिवारको बलियो मूल्यलाई दर्साउँछ । जतिबेला मलाई सबैभन्दा धेरै मद्दतको खाँचो थियो, मेरो परिवारले मलाई साथ दियो ।’

एउटा समय थियो जब दुई भाइबीच सम्बन्ध राम्रो थिएन र दुबैले एक–अर्कालाई आफ्नो प्रतिद्वन्द्वी मान्थे । अनिल अम्बानीले लेखेका छन्, ‘हामी अतितबाट बाहिर निस्किएका छौं, यो कुराका लागि म र मेरो परिवार निकै आभारी छ । यो मद्दतका लागि मनैदेखि आभार प्रकट गर्छु ।’

गत महिना सर्वोच्च अदालतले एरिक्सनलाई ७.७ करोड डलर चुकाउन लगातार भइरहेको ढिलाइका लागि अनिल अम्बानीलाई अदालतले मानहानीको दोषी ठहराएको थियो ।

अनिल अम्बानीले गत वर्ष नीजि रुपमा वर्षको अन्त्यसम्म एरिक्सनलाई ऋण चुकाउने बचन दिएका थिए । सोमबार स्विडेनको टेलिकम ग्रुप एरिक्सनले आफूले रिलायन्स कम्युनिकेशनबाट ६.७  अर्ब डलरको रकम पाएको जानकारी दिएको छ ।

सर्वोच्च अदालतले चार हप्ताभित्र यदि एरिक्सनले पैसा नपाएको खण्डमा अनिल अम्बानी र उनका दुई सहयोगीलाई तीन महिनासम्म जेल जानुपर्ने बताएको थियो ।

चार हप्ताको समय सीमा बुधबार समाप्त हुँदैथियो । भारतको कर्पोरेट इतिहासमा अनिल अम्बानी डुब्नु सबैभन्दा नाटकीय घटनाको रुपमा हेरिएको छ । सन् २००८ मा अनिल अम्बानी रिलायन्स कम्युनिकेशनको साथमा संसारको सबैभन्दा आठौं धनी व्यक्ति थिए ।

रिलायन्स कम्युनिकेशन एशियाको सबैभन्दा रामो टेलिकम कम्पनी मानिन्थ्यो ।

पछि रिलायन्स कम्युनिकेशनले बजारमा कडा प्रतिद्वन्द्वीस्को सामना गर्नुपर्यो । सबैभन्दा ठूलो झट्का त उनका दाइ मुकेश अम्बानीको कम्पनी जियोबाट लाग्यो । एक वर्ष भित्र नै अनिल अम्बानीको ऋण सात अर्ब डलर भएको थियो । अनिल अम्बानीको र सूचीकृत कम्पनीमा पनि गिरावट आउन थाल्यो ।

शुक्रबार अदालतले आरकमको त्यो याचिका खारेज गरिदियो जसमा बैंकबाट २.६ अर्ब भारुको ट्याक्स रिफन्डको माग गरिएको थियो । आरकमले सर्वोच्च अदालतको निर्णयपछि उनले फन्ड पाउनुपर्ने आवेदन दिएको थियो ।

पछिल्ला दुई वर्षमा आरमकले आफूलाई टाट पल्टिनबाट जोगाउन निकै कोसिस गर्यो तर कुनै मद्दत पाउन सकेन ।

अनिल अम्बानी भारतका दोस्रो उद्योगपति हुन् जसलाई अदालतको मानहानीमा दोषी ठहराइयो । यसअघि सहारा ग्रुपका अध्यक्ष सुब्रत रोयलाई दोषी ठहराइएको थियो ।

यसै महिना अनिलले आरकम टाट पल्टिएको घोषणा गरेका थिए । गत वर्ष अनिलले डिसेम्बर महिनासम्म अनिल अम्बानीले अदालतलाई एरिक्सनलाई पैसा चुक्ता गर्ने बचन दिएका थिए ।

अम्बानीले पैसा दिन असफल भए एरिक्सनले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेर आरकमले अदालतको मानहानी गरेकाले उनलाई पक्राउ गर्नुपर्ने बतायो ।

यसै मामलामा अदालतले अनिल अम्बानी र उनका दुई निर्देशक सतिश सेठ र छाया विरानीलाई दोषी ठहर गरेको थियो ।

यद्यपी, अदालतले तत्काल गिरफ्तारीको माग खारेज गरेको थियो तर चार हप्ताभित्र अम्बानीले पैसा नदिए तीन महिनाको जेल हुने स्पष्ट पारेको थियो ।

आरकमले आफूले समयमा पैसा दिन नसकेकोमा सरकारलाई जिम्मेवार बताए । उनका अनुसार सरकारले जियोलाई सम्पत्ति बेच्न मंजुरी नदिएको उनले बताए ।

एरिक्सनले सर्वोच्च अदालतको निर्णय स्वागत गरेका थिए र एक पटक पुनः आरकमको बचनको प्रतिक्षा गर्ने बताएको थियो ।

अनिल अम्बानी आफ्नो जीवनको सबैभन्दा खराब समयसँग गुज्रिरहेका छन् । मोदी सरकारको फ्रान्ससँग लडाकू विमान रफालको सम्झौतामा पनि अनिल अम्बानी मुख्य विपक्षी पार्टी कांग्रेस प्रमुख राहुल गान्धीको निशानामा छन् । राहुल गान्धीका अनुसार प्रधानमन्त्री मोदीको यो सम्झौतामा अनिल अम्बानीलाई फाइदा पुगेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप