शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनिल अम्बानीले ४५९ करोड भारु ऋण तिरे, जेल जानबाट बचाएकोमा दाइलाई दिए धन्यवाद

मङ्गलबार, ०५ चैत २०७५, ०९ : १३
मङ्गलबार, ०५ चैत २०७५

अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशन (आरकम) ले सर्वोच्च अदालले तोकेको समयसीमा अगावै स्विडेनको कम्पनी एरिक्सनलाई बक्यौता ४५९ करोड भारु चुक्ता गरिदिएका छन् । यसको ब्याज पनि समावेश छ । आरकमले ११८ करोड पहिले नै जम्मा गरिरहेको थियो ।

अनिलले दाइ मुकेशप्रति आभार व्यक्त गरेः

अनिलले दाइ मुकेशप्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘म आफ्ना दाइ मुकेश अम्बानी र निता अम्बानीलाई मनैदेखि आभार व्यक्त गर्न चाहन्छु । उहाँहरुले मुश्किलको समयमा मेरो साथ दिनुभयो । म र मेरो परिवार आभारी छौं कि हामी अतितबाट अघि बढिसकेका छौं ।’

सर्वोच्च अदालतले रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीलाई जानीजानी अदालतको आदेशको उल्लंघन गरेको र टेलिकम उपकरण बनाउने कम्पनी एरिक्सनलाई ५५० करोड भारु बक्यौता भुक्तानी नगरेको भन्दै अदालतको मानहानीमा दोषी ठहर गरेको थियो ।

अनिल अम्बानीलाई सर्वोच्चको ठूलो झट्काः चार हप्ताभित्र पैसा तिर नभए जेल जाउ

 

भारतीय मिडियाका अनुसार सर्वोच्च अदालतले अम्बानी, रिलायन्स टेलिकमका अध्यक्ष सतिश सेठ र रिलायन्स इन्फ्राटेलकी अध्यक्ष छाया विरानीले अदालतमा दिएको आश्वासन र यससँग जोडिएको आदेशको उल्लंघन गरेको बताएको छ । अदालतले उनीहरुलाई चार हप्ताभित्र ४५३ करोड भारु चुकाउनु पर्ने आदेश दिएको छ । तोकिएको समयमा रकम भुक्तानी गर्न नसके तीन महिना जेल सजाय भोग्नुपर्ने अदालतले बताएको छ ।

अनिल अम्बानीः ४५ अर्ब डलरबाट २.५ अर्ब डलरसम्मको कहानी

मामला एरिक्सन इन्डियालाई ५५० करोड रुपैयाँको बक्यौता राशी दिनेबारे हो । अनिल धिरुभाइ अम्बानी ग्रुप (एडीएजी) का अध्यक्ष अनिल अम्बानी र अन्यविरुद्ध बक्यौता रकम नबुझाएकोमा टेलिकम उपकरण निर्माता एरिक्सनले सर्वोच्च अदालतमा तीनवटा मुद्दा दर्ता गरेको थियो ।

सर्वोच्च अदालतले रिलायन्स टेलिकम र रिलायन्स इन्फ्राटेललाई चार हप्तामा सर्वोच्च न्यायालयको रजिस्ट्रीमा एक–एक करोड भारु जम्मा गर्न पनि भनेको छ । यस्तो नगरे एक महिनाको अतिरिक्त जेल सजाय हुने बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप