लिग फुटबल दुई साता राेकियाे
एजेन्सी - बहुचर्चित युरोपका विभिन्न लिग फुटबलले दुई साता राेकिने भएकाे छ । युरोकप छनोट, अफ्रिका कप, चाइना कप र विभिन्न देशबीचको अन्तर्राष्ट्रिय मैत्री खेलका कारण लिग चरणका खेल राेकिएकाे हाे ।
लिगअन्तर्गत प्रिमियर लिग, इटालियन सिरिए, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानका खेलहरु अब मार्च अन्तिमबाट सुरु हुनेछ । हालसम्म प्रिमियर लिगमा ३१ औं खेल सकिएको छ । केही टोलीले २९ औं र ३० औं खेल खेल्न बाँकी छ ।
यसैगरी सिरिए र ला लिगामा २८ औं, बुन्डेसलिगमा सबै टोलीले २६ औं, फेन्च लिग वानमा २९ औं चरणका खेल सकिएका छन् । केही टोलीले २८ औं र २९ औं खेल खेल्न बाँकी नै छ । मार्च २२ बाट अधिकांश दक्षिण अमेरिकी देशले मैत्रीपूर्ण खेल खेल्दैछन् । युरोपियन देशले मार्च २१ बाट सन् २०२० को युरो कप छनोट खेल्दैछन् । त्यसैले युरोपका लिग मार्च ३० तारिखबाट पुनः सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी
-
सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
-
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’, तस्बिरहरु
-
विषादी हालेको अंगुर खाइरहनु भएको छ ? यसरी सफा गर्नुस्
-
मधेसमा माओवादीले फेर्यो मन्त्री
-
नेपालमा वामपन्थी सरकार स्थिर भएको हेर्न चाहन्छौँ : चीन