बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलमा अवैध रुपमा सुन संकलन गर्ने ४ जना पक्राउ

सोमबार, ०४ चैत २०७५, २० : ४७
सोमबार, ०४ चैत २०७५

काठमाडौं ।  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा संकलन गरी सुन लैजान लागेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका–९ का संदिप पटेल, हेटौंडा उपमहानगरपालिका–३ का अर्पण केसी र खोटाङका मनोज राई रहेका छन् । 

प्रहरीले २/२ जनाको समूहमा पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९ थान सुनको बाला, मोबाइल ३ थान र ल्यापटप २  बरामद गरेको छ । उक्त सूनको मूल्य करिब २७ लाख ५० हजार हुनेछ । 

 राउत र पटेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ्ग एरिया र अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ्गबाट प्रहरीले पक्राउ गरेको हो । 

यस्तै केसी र राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियाबाट पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ । 

पक्राउ परेका चारै जनालाई  सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप