शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल चोरी हुनबाट जोगियो

सोमबार, ०४ चैत २०७५, २० : ०२
सोमबार, ०४ चैत २०७५

काठमाडौँ । चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई मोटरसाइकल बरामद गरेको छ । 

गोकर्णेश्वर नगरपालिका–४ स्थित हनुमानचोक नजिकबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले आज दुई मोटरसाइकल चोरी हुनबाट जोगाएको हो । 

महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ चोरी गरी लैजाँदै गरेको प्रदेश नं ३–०२­००१ प ३७०८ नं र बा ९३ प २३७४ नंको मोटरसाइकल छाडी चोरीमा संलग्न व्यक्तिहरु फरार भएका छन् । 

उनीहरुको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप