शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीपले जसितालाई देखेपछि भने, ‘मेरो आँगनीमा आज जुन उदायो...’

सोमबार, ०४ चैत २०७५, १९ : ५५
सोमबार, ०४ चैत २०७५

काठमाडौं – नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘लभ स्टेशन’ले नयाँ गीत ‘मेरो आँगनीमा आज जुन उदायो...’ सार्वजनिक गरेको छ । शम्भुजित बास्कोटाको संगीत रहेको यो गीतमा गायक सुरेश लामाको स्वर छ ।

‘लिली बिली’ का चर्चित जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित ‘लभ स्टेशन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्ध देखाइएको छ ।  आफु फिल्ममा एउटा लोक व्याण्डका भोकलिस्ट (गायक)को रुपमा देखिन लागेको अभिनेता प्रदीप ले बताए ।

‘लभ स्टेशन क्याफेमा म आफ्नो ब्यान्ड सहित गायनको तयारीमा हुन्छु’ सार्वजनिक गीतको बारेमा प्रदिपले भने ‘  सोही क्याफेमा जसिताको आगमनपछि मैले उनको प्रशंसा यो गीत गाउँछु ।’ फिल्ममा आफु कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एउटा गायकको भूमिकामा रहेको पनि अभिनेता प्रदीपले जानकारी गराएका छन् । 

गीत फिल्मका निर्देशक उज्वल घिमिरेले लेखेका हुन् । ‘सफ्ट फ्लेबर’को यो गीतले दर्शकको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । गीतमार्फत अभिनेता प्रदीपलाई गायकको रुपमा स्थापित गराईको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । 

फिल्म युनिट टिमले मंगलबारदेखि मोफसलको यात्रा पोखराबाट सुरु गर्दैछ । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप