शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धादिङमा आइचर पल्टियो : एकको मृत्यु, चारजना घाइते

सोमबार, ०४ चैत २०७५, १९ : ३७
सोमबार, ०४ चैत २०७५

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ तिलारमा आज अपराह्न सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

शहरेबाट ढुङ्गा बोकेर सल्यानकोटतर्फ जाँदै गरेको ग १ ख ५९५९ नंको स्वराज मिनीट्रक (आइचर) ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । 

दुर्घटनामा त्रिपुरासुन्दरी – ७ का २७ वर्षीय अर्जुन भुजेलको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र दुई जनाको खहरे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप