मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर सोलुखुम्बुको खरीखोलामा

सोमबार, ०४ चैत २०७५, १६ : ५५
सोमबार, ०४ चैत २०७५

सोलुखुम्बु– नेपाल इन्भेष्टमेण्ट बैंकले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका १ स्थित  खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ ।

खुम्बु पासाङ ल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तिय साक्षरता पनि अभिबृद्धि हुने बताए ।

बैंकले खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको र सोही गाउँपालिका अन्तर्गत वडा नं. ५ नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ ।

यस एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्य दुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुनेछ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गनुका साथै स्थानीयमा बित्तिय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्नेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप