शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वोलेरोको ठक्करबाट चितवनमा १६ वर्षीय किशोरको मृत्यु

सोमबार, ०४ चैत २०७५, १४ : ००
सोमबार, ०४ चैत २०७५

चितवन– पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

थापालाई ठक्कर दिने वोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ । 

नगरपालिकामा कर संकलन अभियान 

रत्ननगर नगरपालिकाले अधिकांश वडामा कर संकलन अभियान सुरु गरेको छ । 

नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु ११ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । सो लक्ष्य पूरा गर्नका लागि नगरपालिकाले अधिकांश वडामा कर संकलन अभियान सुरु गरेको हो । 

कर संकलन अभियानअन्तर्गत जनप्रतिनिधिसहितको टोलीले रत्ननगर बजार क्षेत्रमा आइतवारदेखि घरदैलो अभियान सुरु गरेको नगरपालिकाका प्रमुख नारायण वनले बताए । 

लक्ष्यअनुुसार कर संकलन हुन नसके विनियोजित बजेटमा असन्तुल भई विकासमा असर पुग्ने भएकाले कर बुझाउन सम्बन्धीत सबैमा नगरपालिकाका उपप्रमुख विमला दुवाडीले अनुरोध गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप