शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एयरपोर्टका पसलले गर्ने ठगीबारे सांसदको आक्रोश: हवाइजहाज कम्पनीले साढे २ अर्ब रुपैयाँ बक्यौता तिरेनन् (विवरणसहित)

आइतबार, ०३ चैत २०७५, १७ : ५४
आइतबार, ०३ चैत २०७५

काठमाडौं– त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगवापत विभिन्न विमान कम्पनीहरुले साढे २ अर्ब बक्यौता नतिरेको पाइएपछि संसदको सार्वजनिक लेखा समितिले यसबारे चासो देखाउँदै छलफल गरेको छ । 
आइतबार संसद सचिवालयमा भएको बैठकमा यो लगायत विमानस्थलका पसलमा हुने ठगी र म्याद सकिदा पनि टेन्डर आह्वान नगरेको विषयमा छलफल भएको हो । 

नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीलाई बोलाइएको छलफलमा २ अर्ब ४७ करोड, ९३ लाख, २७ हजार ७ सय ३९ रुपैया नउठेको विषयमा छलफल गरिएको छ ।   छलफलमा बोल्ने सांसदहरुले ६७ सालमा ३ बर्षका लागि भाडामा दिएका पसल तथा कार्यालयलाई पुन बोलपत्र नखोली सञ्चालन गर्न किन दिएको भन्दै आपत्ति जनाए । 

नेपाली कांग्रेसका सांसद राजन केसीले प्राधिकरणका कर्मचारीले गैरजिम्मेवार जवाफ दिएको भन्दै कुन–कुन  पसल संस्थालाई कहिले ठेक्कामा लगाएको, कति पैसा ति¥यो, अदालतमा कहिले मुद्धा प¥यो ? अहिलेसम्मको फेरिहस्त बुझाउन माग गरे । 

यस्तै सांसद सूर्य पाठकले २ अर्ब बक्यौता प्राधिकरणलाई तिर्न बाकी देखिँदा पनि त्यो उठाउने योजना नभएको बताए । उनले भने– ‘समितिको बैठकमा आउँदा हरेक व्यक्तिले विवरण लिएर आउने तर बक्यौता उठाउने योजना भने नल्याउने । विमानस्थलमा प्लेन उड्ने स्थानभन्दा १ सय मिटर पर पसल राख्नुपर्ने व्यवस्था हुन्छ, विमानस्थलमा किन नजिकै राखियो ? पसलहरु मूल्य उच्च छ, बढी मूल्यको पनि सीमा हुन्छ नी । मूल्य किन अचाक्ली भयो ?’

उनले विमानस्थलका पसल भाडामा दिने विषयमा पनि सिन्डिकेट रहेको बताउँदै व्यापारी र कर्मचारीबीच मिलेमतो रहेको बताए ।  यस्तै नेकपाका अर्का सांसद प्रेम आलेले विमानस्थलमा कफी पसलदेखि सबैतिर अत्यन्तै महँगो भएको बताए । उनले पर्यटनमन्त्री र सचिवले आफ्ना मान्छेहरुलाई विमानस्थलमा मान्छे नियुक्त गर्दा समस्या आएको उनले बताए । 

उनले विमानस्थलका पसलहरुले जनताको ढाड सेक्ने गरी पैसा असुल गरेर बोराका बोरा  पैसा लगिरहेको भन्दै कर्मचारीहरुले यो विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने बताए ।  यता नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले भाडामा लगाइएका संस्था तथा पसलहरुको टेन्डर अनुसारको सम्झौता सकिएपछि पनि किन नयाँ टेन्डर नखुलाएको भन्दै प्रश्न गरे । उनले विभिन्न एयरलाइन्स कम्पनीहरुले करोडौंको बक्यौता तिर्न बाँकी रहेको भन्दै बक्यौता उठाउन जोड दिए । 

छलफलमा नागरिक उडड्न प्राधिकरणका उपप्रवन्धक हेमप्रसाद दहालले ४ बर्षको अवधिमा विमानस्थलमा भाडामा लिनेहरुले अदालतमा २० वटा मुद्धा दायर गरेको बताए । व्यापारिक संस्थालाई टेन्डर प्रक्रियाबाट भाडामा दिएपनि उनीहरुले मुद्धा जितेका कारण पुन टेन्डर खोल्न नसकेको बताए । प्राधिकरण भ्याकेटमा गएपनि सबै मुद्धालाई एकै प्रकृतिको मुद्धा भन्दै अदालतले भ्याकेटमा राखेको उल्लेख गरे । 
उनले भाडामा लगाएका धेरै जसोको सम्झौता मिति सकिएपनि बक्यौता बाँकी नरहेको बताए । उनले भने– ‘कुनै पनि संस्थासँग बक्यौता बाँकी छैन तर नयाँ टेन्डर आह्वान गर्न सकेका छैनौँ, मुद्धा परेका कारण उनीहरुलाई हटाउन पनि सकिएको छैन ।’

विमान कम्पनीले साढे २ अर्ब बक्यौता तिरेनन्

त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गर्ने विभिन्न विमान कम्पनी तथा अन्य कम्पनीहरुले प्राधिकरणलाई २ अर्ब ४७ करोड, ९३ लाख, २७ हजार ७ सय ३९ रुपैया बुझाउन बाँकी रहेको विवरसण समितिमा बुझाईएको छ । यसरी भाडा नबुझाउने नेपाली विमान कम्पनीहरुमा हिमालयन एयरलाइन्सले १६ करोड, नेपाल एयरलाइन्सले ३४ करोड, सौर्य एयरलाइन्सले साढे ३ करोड रहेको छ । 

त्रिभूवन विमानस्थलका महाप्रवन्धक राजेन्द्र क्षेत्रीले भन्सार विभागको मात्रै ५५ करोड बक्यौता बाँकी रहेको बताए । उनले विभागलाई ताकेता गर्दा पनि अर्थ मन्त्रालयसँग कुरा गर्ने भन्दै पन्छिने गरेको बताए । 
उनले विमानस्थमा पसल तथा संस्थालाई भाडामा दिने विषयमा सिन्डिकेट नरहेको दावी गरे । उनले भने– ‘विगतमा के थियो थाहा भएन अहिलेको समयमा सिन्डिकेट हुन्छ भन्नु दिवास्वप्न मात्र हो । सिन्डिकेट अब सम्भव छैन ।’

उनले विमानस्थलमा अहिले भाडामा लगाएको दर नयाँ टेन्डर प्रक्रियामा जाँदा बढ्ने बताउँदैं पसलहरुमा कुन दरको मूल्य सूची राख्ने अध्ययन गरेर आफूलाई निर्देशन दिन आग्रह गरे । 

भाडा नर्तिर्ने विमानलाई ग्राउन्डेड गर्ने 

समितिको बैठकमा बोल्दै महानिर्देशक क्षेत्रीले भाडा बक्यौता नतिर्ने विमानलाई ग्राउन्डेड गरेर भएपनि भाडा उठाउने बताए । नेपाल वायूसेवा निगमले विगतमा ५५ करोड रुपैयाँ  बक्यौताबाट घटाएर ३२ करोडमा झारेको उनको भनाई छ । यस्तै हिमालय एयरलाइन्सले ३ महिनाभित्र पैसा नतिरे जहाज ग्राउन्डेड गरेर भएपनि पैसा उठाउने बताए । यस्तै सौर्य एयरलाइन्सले भारतीय समूह ल्याएर जहाज चलाउन थालेको बताउँदै उनीहरुले बक्यौता तिर्ने योजना प्रस्तुत गरेको बताए । 

यस्तै एयर एसियाको जहाज ग्राउन्डेड गर्दा मलेसियाबाट प्रतिनिधि आएर ४० करोड बक्यौता मध्ये १७ करोड तिरेको र १३ करोड पेनाल्टी रहेको बताए । 

यी हुन् त्रिभूवन विमानस्थललाई बक्यौता तिर्न बाँकी रहेका विमान तथा अन्य कम्पनीहरु :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप