शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो साता बजारमा नयाँ गीत : लोकदेखि आधुनिकसम्म

आइतबार, ०३ चैत २०७५, १३ : ०८
आइतबार, ०३ चैत २०७५

 काठमाडौ – अघिल्लो साताको तुलनामा यो साता बजारमा नयाँ गीतको केही कमी देखियो । आएका गीत केलाउने हो भने लोकदेखि आधुनिकसम्म प्राय सबै प्रकारका रहेका छन् । यस्ता छन् यो साता बजारमा आएका गीत संगीत ।

‘आँखामा’
काठमाडौं – अष्ट्रेलियामा बस्दै आएका गायक सन्जिब पराजुलीको नयाँ गीत ‘आँखामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सचिन सिंहको संगीत, होमनाथ न्यौपानेको शब्द छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । 

गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता डान्सिङ नम्बरका गीत पछि उनको ‘आँखामा’ बोलको गीत सार्वजनिक भएको हो । सन्जिबको ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत पनि चलेका गीत हुन् ।

भिडियोमा टेकेन्द्र शाहको निर्देशन छ । भिडियोमा रेम्बो अधिकारी र माला लिम्बु फिचर्ड छन् । भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्रकै सम्पादन तथा कलर ग्रेडिङ छ । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी छ ।


‘सल्ला धुपैले’ 
काठमाडौं – कौडा किङ सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलीक ‘सल्ला धुपैले’ बोलको लोक तथा दोहोरी गीतलाई पुनः सार्वजनिक भएको छ ।
‘सल्ला धुपैले’मा कौडाकिङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका बिष्णुमाया गुरुङको स्वरमा रहेको छ । यस गीतमा शब्द गणेश गुरुङले नै शंकलन गरेका हुन् भने, लय पनि कौडाकिङ गुरुङले नै भरेका हुन् ।
प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण भएको छ । जसमा खेम गुरुङ, बिनित गुरुङ र साथीहरुको नृत्य तथा सशक्त अभिनय रहेको छ ।


‘तिमीलाई देखेर ’
काठमाडौं – गायक तथा संगीतकार उत्तम विक्रम विष्ट र गायिका सिर्जना गुरुङको नयाँ गीत ‘तिमीलाई देखेर ’को भिडियो सार्वजनिक भएको छ । अप्सरा विष्ट खड्काको शब्द तथा उत्तम विक्रम विष्टकै संगीत रहेको गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । 

उविको निर्देशन रहेको भिडियोमा उत्तम विक्रम विष्ट, शिल्पा खड्का, प्रियंका मगर, रिदिमा मगर, दीपिका अधिकारी, मनिषा लामा लगायतको अभिनय रहेको छ । नेपाली टिपिकल शब्दको प्रयोग गरेर डान्सिङ पारामा गीतलाई प्रस्तुत गरिएको छ ।

हाँस्नु तिमी’
काठमाडौ – गायक पुष्कल शर्मा, गायिका पुर्णकला विसी र विष्णु आले मगरको स्वर रहेको गीत ‘हाँस्नु तिमी’ बजारमा आएको छ । 

जीवन भोगाइका क्रममा बाध्यताले आफ्नी प्रेमीकालाई छोड्नु पर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पत्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ । 

संगीत गैरेको शब्द तथा लय सिर्जनामा जीवनको वास्तविक भावहरूलाई जीवन्तता दिइएको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा सारिका केसी र गोपाल लोक प्रेमीको अभिनय देख्न सकिन्छ ।

‘काफल पाक्यो’
काठमाडौं – लोकदोहोरी गायक भिम ज्वलन्त योगी र गायिका गरिमा मगरको गीत ‘काफल पाक्यो’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गंगाराम बस्नेतको शब्द तथा लय रहेको छ । गीतमा प्रेमी प्रेमिकाको मायाको भावलाई समावेश गरिएको छ । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा रिना थापा मगर र धिरज राईको नृत्य रहेको छ ।

‘चरी मैना’
काठमाडौं – नेपाली लोक संगीतको बजारमा नयाँ लोक दोहोरी गीत  ‘चरि मैना’ आएको छ । गीतमा गीतादेवी र बिवेक चौलागाईको स्वरमा रहेको छ ।
नारायण दंगालको प्रस्तुति रहेको शब्द संगीत विवेक चौलागाईकै छ । गीतको भिडियोमा संजिव ठकुरी र आयुषमा कार्कीको अभिनय देख्न सकिन्छ । 

‘रुँदै रुँदै बसे ’
काठमाडौं –गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत ‘रुदैँ रुदैँ बसे ’ गीत बजारमा आएको हो । 

गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । प्रेम र विछोडलाई गीतमा मुख्य रुपमा समावेश गरिएको छ । आफना प्रेमीलाई आफनो प्राण प्यारो ठान्दा पनी आफनो प्रेमीबाट टाडा हुनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । 

तेजेन मल्ल र  रिम खत्रीको शब्द सिर्जना तथा शंकर शर्माको लय रहेको गीतको भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । भिडियोमा बुद्धविर थापा, सगुन शाही र गौत्तम शेर्पाको अभिनय छ ।

‘माया बस्यो लै लै’

काठमाडौं – पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ । यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन् । ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ । 

नरेश स्वयम्को शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ । गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारतको चर्चित रियोलिटी शो डान्स इन्डिया डान्सबाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको रोमान्टिक नृत्य छ । 

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । निश्चल केसीले कोरियोग्राफी गरेको गीतको भिडियो निर्देशन शिशिर केसीले गरेका छन् । 

‘जे पर्ला पर्ला’ 
काठमाडांै –‘रेशम फिलीली’ फिल्ममा समावेश ‘पारी त्यो डाँडामा‘’ बोलको गीतका रचनाकार र ‘भाइरल भइदियो’ गीतका गायक मानस राजको नयाँ गीत सार्वजनिक भएको छ । ‘जे पर्ला पर्ला’ बोलको गीतमा मानस स्वयंको गायन, शब्द र संगीत छ । गीतलाई नरेन्द्र वियोगीले एरेञ्ज गरेका छन् । 

डिआईडिका सेमीफाईनलिस्ट सुजन मार्पा तामाङ ग्रुपका कलाकारहरु फिचर्ड गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने रिक्की कर्माचार्यको सम्पादन छ । गीतको भिडियोको कन्सेप्ट र निर्देशन सुजन मार्पा तामाङको हो । गायक मासन राज पनि भिडियोमा केमियो भूमिकामा छन् । 

आफ्नो अघिल्ला गीतझैं ‘जे पर्ला पर्ला लाई पनि दर्शकरस्रोताले माया गर्नेमा गायक मानस विश्वस्त छन् । गीतको भिडियोमा सुजन मार्पा तामाङ ग्रुपका मानषी तामाङ, सुनिल मार्पा तामाङ, सञ्जिव तामाङ, देवराज रोकाय, प्रेम कुमार मगर, चाँदनी लिम्बु, निकिता लिम्बु, आकृती राई र पुष्प गुरुङ फिचर्ड छन् । 

‘प्रेम प्रस्ताव’ 

काठमाडौं –गायिका सरु गौतमको नयाँ प्रेम गीत सार्वजनिक भएको छ । ‘मेरो प्रेम प्रस्ताव’ बोलको रोमान्टिक नम्बर सार्वजनिक भएको हो । गीतमा ध्रुव बिस्कोको पुरुष स्वर छ । 

कुमार कटुवालले लेखेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । गीतको म्यूजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता दिक्पाल कार्की फिचर्ड छन् । 

भिडियोमा उनीहरुको ‘लभ क्यामेस्ट्री’ गज्जब देखिन्छ । देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई साहिल खानले सम्पादन र उत्सव दाहालले छायांकन गरेका छन् ।

‘धनले होइन मनले’ 
काठमाडौं – गीतकार अर्जुन रत्न भिकारी गीत ‘धनले होइन मनले’ सार्वजनिक भएको छ ।  गीतको भिडियोमा अर्जुन र सुनिशा बजगाईको अभिनय रहेको छ । धनले होइन मनले मान्छे धनि हुन्छ भन्ने संदेश दिने गीतमा मायालु जोडीको समर्पण, त्याग र मायाको अवस्थालाई चित्रण गरिएको छ । 

युवराज वाइवाले निर्देशन गरेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने यसमा विकास दाहालको सम्पादन रहेको छ ।

‘गाजल’
काठमाडौं – गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको नयाँ ‘गाजल’ गीतको भिडियो सार्वजनिक भएको छ ।  राजेन्द्र पुरीको शब्द तथा गणेश गन्धर्व र नविन श्रेष्ठको गीतमा ‘गाजलु’ गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

बविता श्रेष्ठको निर्देशनमा रहेको गाजल गीतको भिडियोमा सभ्यता गिरी र अमन श्रेष्ठको अभिनय रहेको छ । नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप