पोखरी सुक्न थालेपछि माछा पालक कृषक चिन्तित
आइतबार, ०३ चैत २०७५, ०८ : ५६
इनरुवा - सुनसरी वराहक्षेत्र नगरपालिका मधुवनमा रहेका माछा पोखरी सुक्न थालेकाे छ । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेकाे हाे ।
माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । आम्दानीका लागि पोखरी खनेर माछाका भुरा हाले पनि पोखरी सुक्न थालेपछि कृषक निराश भएको स्थानीय माछा कृषक सञ्जयकुमार मेहताले बताए । उनकाे पाँच वटा पोखरी सुकेका छन् । यसबाट उनले चार लाख बराबरको घाटा भएको बताए ।
त्यसैगरी नरबहादुर थापाको तीन र केशवराज माझीको चारसहित सो क्षेत्रमा दर्जनौँ माछा कृषकको पोखरी सुकेको मेहताले बताए । मेहताका अनुसार माछा पोखरी सुक्दा मधुवन क्षेत्रमा मात्रै ३० देखि ४० लाखसम्मको घाटा भएको छ । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ गएको र पानीको सतह घटेकाले पोखरी सुकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
-
कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि
-
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट