राति ‘हेडफोन’ लगाएर सुतेका विद्यार्थी विहान उठ्दा कान नसुन्ने भएपछि...
एजेन्सी – ताइवानको ताइचुङ्गमा राति ‘हेडफोन’ लगाएर सुतेका एक विद्यार्थी विहान उठ्दा एउटा कान नसुन्ने भएका छन् ।
डेलीमेलका अनुसार ताइवान एशिया युनिभर्सिटी हस्पिटलमा उक्त विद्यार्थीको उपचार भइरहेको छ । उनको एउटा कानले काम गर्न छोडेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । उनको एउटा कानको ‘हेडफोन’ निस्किएको कारण अर्को कान मात्रै बन्द भएको थियो ।
ओटोराइनोलानेन्जोलोजी विभागका डा. तियान हुईजी (Dr. Tian Huiji Department of Otorhinolaryngology)ले सुत्ने समयमा हेडफोनको प्रयोग नगर्न सुझाव दिएका छन् । जसले कानमा समस्या पैदा गराउँछ ।
रातको समयमा शरीरमा रक्तचाप न्यून हुने भएकाले कान र टाउको सम्म रगत विस्तारै रगत प्रवाह हुने भएकाले दिनमा भन्दा रातमा हेडफोनको प्रयोग खतरनाक हुन्छ ।
सन् २०१८ मा न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनले धेरै समय हेडफान प्रयोग गर्ने पाँचमध्ये एकको सुन्ने क्षमता कम भएको पत्ता लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा