शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिके राउतले बोलाए गठबन्धनको बैठक

शनिबार, ०२ चैत २०७५, १४ : ०८
शनिबार, ०२ चैत २०७५

काठमाडौं – सरकारसँग ११ बुँदे सम्झौता गरेको स्वतन्त्र मधेश गठबन्धनले राष्ट्रिय परिषद्को बैठक बोलाएको छ ।

गठबन्धनले सिरहाको लहानमा आइतबार बस्ने बैठकका लागि सबै केन्द्रीय समिति सदस्यलाई जानकारी पठाइसकेको छ । बैठकमा सहभागी हुन आउनेलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन भनिएको छ ।

बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौता र आगामी रणनीतिको बारेमा छलफल हुने बताइएको छ । परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुनेछ भने त्यसपछि गठबन्धनका संयोजक राउत मधेश दौडामा निस्किने बताइएको छ ।

परिषद्को बैठक ४ गतेसम्म चल्ने बताइएको छ । परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको –याली निस्किने छ र लहानमा राउतलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप