बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पदंश केन्द्रलाई आर्थिक सहयोग

शनिबार, ०२ चैत २०७५, ०९ : ३५
शनिबार, ०२ चैत २०७५

लहान -  सर्पदंश उपचार केन्द्रको उपकरणका लागि प्रदेशसभा सदस्य रुवीकुमार कर्णले आफ्नो तलबबाट नगद सहयोग प्रदान गरेका छन् । केन्द्रलाई उपकरण खरिदका लागि उनले फागुन महिनाको तलबबाट ४० हजार ५ सय सहयोग प्रदान गरेका हुन् ।

केन्द्र व्यवस्थापन समितिका अध्यक्ष उसमान मियाँलाई शुक्रबार प्रदेशसभा सदस्य कर्णले रकम हस्तान्तरण गरेका हुन् । स्थानीयको सुविधालाई दृष्टिगत गरी सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा नेपाली सेना भिम दल गणले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि सुरक्षा वेश टोली स्थापना गरेको छ ।

सेनाले केन्द्र सञ्चालन गरे पनि आवश्यक औजार तथा उपकरण जुटन नसक्दा सञ्चालनमा समस्या भइरहेकाले आर्थिक सहयोग गरेको कर्णले बताए । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेता एंव सो नगरपालिकाका प्रमुखका प्रत्यासी जयप्रकाश चौधरीले अक्सिजन प्लान्ट एक थान उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप