केन्द्रीय संस्करण
राजनीति

विप्लवका पोलिटब्यूरो सदस्य पक्राउ

person explore access_timeचैत २, २०७५ chat_bubble_outline0

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले शुक्रबार साँझ ललितपुरस्थित उनको डेराबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता कार्यकर्तालाई जहाँ देखे पनि पक्राउ गर्दै आएको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ