बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतद्वारा बलात्कार पीडितलाई कुरुप बताउँदै दुई दोषी रिहा, देशभर विरोध

शनिबार, ०२ चैत २०७५, ०८ : ५९
शनिबार, ०२ चैत २०७५

इटलीको एक अदालतले यौन उत्पीडनका दुई दोषीलाई रिहा गरिदिएको छ । यो निर्णय जुन प्यानलले सुनायो त्यसमा सबै न्यायाधिस महिला थिए । प्यानलले पीडित कुरुप र पुरुषजस्तै देखिने भएकाले उनीमाथि दुष्कर्म हुनै नसक्ने तर्क दिँदै यस्तो निर्णय गरेको हो । उक्त निर्णयविरुद्ध देशभरी प्रदर्शन भइरहेको छ । न्याय मन्त्रालयले निर्णयको अनुसन्धानको आदेश दिएको छ ।

निर्णयविरुद्ध अदालतबाहिर नाराबाजीः

आरोपीलाई रिहा गर्ने निर्णय इटलीको हाइकोर्टले सुनाएको हो । रिसाएका जनताले अदालत बाहिर प्रदर्शन गरे र ‘लाज लाग्दैन’ भन्दै नारा लगाए । घटना सन् २०१५ को हो । एनकोना इलाकाकी पेरुवियन मूलकी महिलाले दुई व्यक्तिमाथि दष्कर्मको आरोप लगाएकी थिइन् ।

सन् २०१६ मा तल्लो अदालले पेरुवियन मूलका दुई व्यक्तिलाई दोषी ठहर गरेको थियो । सन् २०१७ मा पुनरावेदन अदालतका महिला न्यायाधिसको प्यानलमा पुग्यो । यो कोर्टले तल्लो अदालतको निर्णय उल्ट्यायो ।

महिला न्यायाधिसको प्यानलले जसलाई दोषी ठहराइएको छ, उनीहरुलाई महिला कुरुप लागेको बताए । पीडित पुरुषजस्ती देखिन्छिन् त्यसकारण उनीमाथि दुष्कर्म हुन नसक्ने उनीहरुको तर्क थियो ।

पीडितकी वकिल सिंजिया मोलीनारोले भनिन्, ‘यस्तो लाग्छ कि प्रतिक्रियामा केही कमीका कारण दोषीलाई छोडिएको छ । पुनरावेदन अदालतको निर्णय अस्विकार्य छ ।’

एक दोषीले आफ्नो बयानमा ती महिला कुरुप भएको र फोनमा उनले उनको नाम लुटेरा भनेर सेभ गरेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप