शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किसानको आकर्षणसँगै आलु उत्पादन वृद्धि

शनिबार, ०२ चैत २०७५, ०८ : २६
शनिबार, ०२ चैत २०७५

अमरगढी - डडेल्धुरामा आलु उत्पादन ४० प्रतिशतसम्म वृद्धि भएको छ । आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै खेतीमा पनि वृद्धि भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराले जनाएको छ । 

चालू आर्थिक वर्षमा डडेल्धुरामा २५ हजार मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले गत वर्ष ५० मेट्रिक टन आलुको बिउँ वितरण गरेको थियो भने यो वर्ष करिब सय मेट्रिक टन आलुको बिउँ अनुदानमा वितरण गरेको थियो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअर्न्तगत डडेल्धुरालाई आलु उत्पादनको ‘सुपर जोन’ क्षेत्र घोषणा गरे भएपछि किसान झनै उत्साहित भएका छन् । आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केही वर्ष यतादेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । 

आलु खेतीतर्फ किसानको आकर्षण बढाउन जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्र्तगत अनुदानमा आलुको बिउँ वितरणका साथै प्राविधिक सहयोगसमेत दिँदै आइरहेको हो । यहाँको अमरगढी नगरपालीका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिकालाई आलु खेतीका लागि पकेट क्षेत्र घोषणासमेत गरेको छ । 

डडेल्धुरामा हिउँदे आलु करिब साढे पाँच सय हेक्टर क्षेत्रफलमा र वर्षे आलु करिब ३ सय हेक्टर क्षेत्रफलमा खेती गरिने गरिएको र गत आर्थिक वर्ष डडेल्धुराबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको अमरगढी कृषि शाखा कार्यालय डडेल्धुराका कृषि अधिकृत टेकबहादुर विष्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप