शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिके राउतसँग भएको सम्झौता राष्ट्रघाती:  नेता लेखक

शुक्रबार, ०१ चैत २०७५, १९ : ३०
शुक्रबार, ०१ चैत २०७५

अछाम– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले सरकारको गतिविधिले जनतामा निरासा छाएको बताएका छन् ।  अछामको साँफेबगरमा नेपाल प्रेस युनियनले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका लेखकले वर्तमान सरकारले भ्रष्टचारी र अपराधीहरुको संरक्षण बाहेक अरु केहि गर्न नसकेको भन्दै जनताहरुमा निरासा छाएको बताए ।

उनले भने ‘कम्प्युनिष्टको सरकार बन्दा दिन दुईगुना रात चौगुनाका रुपमा अपराध बढेको छ ,काँग्रेस बलियो हुँदा मुलुक बलियो बन्छ तर अहिले काँग्रेस कमजोर हुँदा मुलुक कमजोर भएको छ, चुनाव जित्दैमा मात्तिने र हाँर्देमा आत्तिने काँग्रेस होइन, वर्तमान सरकारले राष्ट्रघाती काम मात्र गरेकोले पूर्णरुपमा असफल भएको छ।’

नेता लेखकले मुलुकमा भएको हरेक परिर्तन काँग्रेस कै नेतृत्वमा भएको भन्दै काँग्रेसप्रति पछिल्लो समय जनतामा आशा पलाएको समेत बताए । सिके राउतसँग भएको सम्झौता राष्ट्रघाती, अपारदर्शी र बिखण्डनकारी भएको समेत उनले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप