कामदार बोकेको बस दुर्घटना हुँदा दुईको मृत्यु, २४ घाइते
शुक्रबार, ०१ चैत २०७५, ०९ : २३
दोलखा । दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार लिएर गुडेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने, २४ जना घाइते भएका छन् ।
शुक्रवार विहान कामदार बोकेर माथिल्लो तामाकोशीको मुख्य टनेल जोड्ने नयाँ बाटोतर्फ गएको बा ४ ख ४५७३ नम्बरको बस ७ः४५ मा दुर्घटना भएको हो ।
सिनो हाइड्रोले भाडामा चलाएको उक्त बसमा सवार सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक फुर्गेली शेर्पाको अनुसार दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप