केन्द्रीय संस्करण

नुवाकोटमा आगलागीबाट १५ लाखको क्षति

person explore access_timeफागुन ३०, २०७५ chat_bubble_outline0

विदुर । नुवाकोटमा आज बिहान विदुर नगरपालिका वडा नं ५ माझीटारस्थित पूर्णिमा अर्यालको घरमा आगलागी हुँदा करीब रु १५ लाख बराबरको क्षति भएको छ । 

घर धनी अर्याल आफन्तको वैवाहिक समारोहमा भाग लिन गएको र उहाँका दुई छोरा आफन्तको घरमा बसेका कारण कुनै मानवीय क्षति भने हुन पाएन । 

आगलागीका कारण अर्यालको नगद र सुनका गहनासहित करीब रु १५ लाख बराबरको क्षति भएको छ । आगलागी कति बजेदेखि शुरु भएको भन्ने यकिन नभए पनि छिमेकीले बिहान ५ बजेमात्र आगलागी भएको थाहा पाएका थिए । 

त्यसपछि स्थानीय र नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । 

आगलागीका कारण भूकम्पपछिको पुनःनिर्माणका लागि प्राप्त सरकारी राहतसमेतबाट निर्माण भएको भुइँतल्ले घर धेरै ठाउँमा चर्किएर बस्न अयोग्य बनेको स्थानीयले बताएका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...