शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यामड्रोक्त्सो तालः ‘तिब्बतको माछा खजाना’ (फोटोफिचर)

बुधबार, १८ साउन २०७४, ११ : ५०
बुधबार, १८ साउन २०७४

तिब्बत – यामड्रोक्त्सो ताल दक्षिण पश्चिम ल्हासाको नान्गार्त्से प्रदेशस्थित स्यानन प्रान्तमा अवस्थित छ । यो तिब्बतमा रहेको तीन पवित्र तालमध्येको एक हो (अन्य दुईमा नाम्त्सो ताल र ताल मानसरोवर हुन्) । उक्त तालको पूर्वदेखि पश्चिमसम्म १ सय ३० किलोमिटर लम्बाई छ भने उत्तरदेखि दक्षिणसम्म ७० किलोमिटरसम्म फैलिएको छ । 

समुन्द्री सतहबाट ४ हजार ४ सय ४१ मिटरमा अवस्थित उक्त तालको औसत गहिराई २० देखि ४० मिटर रहेको छ । तिब्बती भाषामा ‘याम्ड्रोक्त्सो’ को अर्थ ‘माथिल्लो खर्क’ हो ।

खाम्बा लाबाट उक्त तालको उत्कृष्ट दृश्य देख्न सकिन्छ । यहाँबाट भुटानको सबैभन्दा अग्लो पहाड कुला काङ्ग्रीको समेत अवलोकन गर्न सकिन्छ । यही बिन्दुबाट हेरेपछि थाहा हुन्छ कि तिब्बतीले यामड्रोक्त्सो ताललाई किन पवित्र तालको संज्ञा दिए ।

यामड्रोक्त्सो ताल आगन्तुक चराका लागि विशिष्ठ स्थान हो । यो जिम्नोसिप्रिस प्रेजवाल्स्किी नामक माछाका लागि प्रख्यात छ । ८० करोड किलोग्राम माछाको क्षमता रहेको उक्त तालका कारण यहाँ माछा पालन व्यवसाय फस्टाउँदो छ । यसै कारण उक्त ताललाई ‘तिब्बतको माछा खजाना’ भनिन्छ ।

यो तालको किनारा राम्रो चरन क्षेत्र हो । तालको पश्चिम पट्टी वासस्थानका लागि प्रशस्तै स्थान छ । तालमा रहेका दर्जनौं टापूमध्ये सबैभन्दा सानो टापू सय स्क्वार मिटर माथि छ । हावामा सुकाइएको सुँगुरको सुकुटी यहाँको विशेष खाना हो ।

यो तालको पूरा चक्कर लगाउन आगन्तुकलाई हिँडेर सात दिन लाग्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप