शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माईभ्याली गोल्डकपको सेमिफाइनलमा क्यामरुन

बिहीबार, ३० फागुन २०७५, २० : २९
बिहीबार, ३० फागुन २०७५

इलाम । इलाम सदरमुकाममा हाल चलिरहेको पाँचौं टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगितामा दाउफिन्स फुटबल क्लब क्यामरुन सेमिफाइनलमा पुगेको छ ।

आज स्थानीय खेल मैदान ठूलो टुडिखेलमा भएको तेस्रो क्वाटर फाइनलमा उक्त क्लबले नेपालको सशस्त्र प्रहरीको एफिएफ क्लबलाई ३ का विरुद्ध १ गोलले पराजित गरी उक्त नतिजा निकालेको हो ।

रोमान्चकारी रुपमा भएको सो खेलको १५ औं र २१ औं मिनेटमा क्यामरुपनका मेस्सोभ्के र पेटड्गाले क्रमश गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा एपिएफका हरि कार्कीले एक गोल फर्काएका थिए । तर फेरि पेटड्गाले नै ५७ औं मिनेटमा अर्को गोल गरेका थिए ।

सो खेलमा दाउफिन्स क्लब क्यामरुनका खेलाडी पेटड्गालाई म्यान अफ द म्याच घोषित गरिएको थियो । उनलाई नगद हजार र ट्रफीले सम्मानित गरिएको थियो ।

तस्विरहरुः दिलिप राईको फेसबुक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप