केन्द्रीय संस्करण

काँग्रेस इतिहासकै गम्भीर मोडमा

person explore access_timeफागुन ३०, २०७५ chat_bubble_outline0

पर्सा– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले काङ्ग्रेस अहिले इतिहासकै गम्भीर मोडमा पुगेको बताएका छन् । नेपाली काङ्ग्रेस पर्सा जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेता जोशीले पार्टी गम्भीर मोडमा पुगेकोले सबैको भावनाको सम्मान गर्दै  सबैलाई समेटेर जानुको विकल्प नरहेको बताए ।

एक फरक प्रसङ्गमा उनले सिके राउतसँग सरकारले गरेको सम्झौता लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता विपरित भएको बताए । सिके राउत सरकारको देखाउने पात्र मात्रै भएको ठोकुवा गर्दै जनमत सङ्ग्रहको कुरा राष्ट्रिय एकता विपरीत भएको समेत आरोप लगाए ।

पर्सा सभापति अजय द्विवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका अगुवा नेता कार्कर्ताको उपस्थिति रहेको थियो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...