शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्र शाह सर्लाही पुग्दा जे देखियो (फोटोफिचर)

बिहीबार, ३० फागुन २०७५, १९ : १९
बिहीबार, ३० फागुन २०७५

काठमाडौं–  मधेश भ्रमणका लागि हिजो जनकपुर हुँदै आज सर्लाही पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा हज्जारौं जनता ओर्लिएका छन् । उक्त स्वागत कार्यक्रम देख्दा लाग्दैन्थ्यो कि देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र आएको हो । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्विर राखेर श्री ५ लेखेर सम्बोधन गरिएको ब्यानर जताततै झुण्ड्याइएको थियो भने उनको स्वागतमा विभिन्न ठाउँ गरी १२ ठाउँमा प्रवेशद्धार नै बनाएको थियो । 

त्यहाँका स्थानीय पत्रकार मनोज यादव भन्छन्, ‘यतिको मान्छे उपस्थित हुन्छ भने लागेको थिएन, धेरै मान्छे त राजा ज्ञानेन्द्रलाई हेर्नका लागि पनि आएका थिए भने कतिपयले ब्यानर नै बोकेका थिए ।’ 

मलङ्गवाको भगवती मन्दिरमा उनी सात मिनेट पुजा गरेर उनी त्यहँको जानकी फ्यामिली एण्ड पार्टी प्यालेसमा विश्रामका लागि फर्केका छन् । त्यहाँ उनले विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीसँग भेटघाट पनि गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप