शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा चिर ठडाएपछि आजदेखि फागु शुरु

बिहीबार, ३० फागुन २०७५, १९ : १०
बिहीबार, ३० फागुन २०७५

काठमाडौँ । काठमाडौँ उपत्यकामा महत्वपूर्ण पर्वका रुपमा लिइएको फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि आजदेखि शुरु भएको छ । 

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत्रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पताकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुआत भएको मानिन्छ । 

फागु शुक्ल अष्टमीका दिन शुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पु¥याएर दहन गरिन्छ । 

असत्य शक्तिमाथि सत्यको विजयको सन्देश दिनका लागि फागु पर्वबारे विभिन्न किंवदन्ती पाइन्छ । किंवदन्ती अनुसार हिरण्यकश्यपुका पुत्र प्रल्हाद विष्णुको भक्त थिए । 

उनी सत्यको पक्षमा रहेका कारण असत्य शक्तिलाई अवरोध पुगेपछि कहिलै पनि आगोमा नजल्ने फुपू होलिकाले प्रल्हादलाई लिएर आगोमा हाम फाल्दा होलिका दहन भई प्रल्हादलाई केही नभएको कथा पाइन्छ । 

फागु पूर्णिमाको भोलिपल्ट तराई क्षेत्रमा होली मनाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप