शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदीलाई व्यङ्ग्य गर्दैं चोरको आरोप लगाएपछि सुरक्षाकर्मीहरुले हाले राहुल गान्धीविरुद्ध मुद्दा

बिहीबार, ३० फागुन २०७५, १९ : ०४
बिहीबार, ३० फागुन २०७५

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूलाई देशको चौकीदारको रुपमा प्रस्तुत गर्ने गर्छन् । तर उनको सरकारको पालामा भएको एक अनियमिततालाई लिएर त्यहाँको प्रमुख प्रतिपक्षी पार्टीका अध्यक्षले उनीप्रति व्यङ्ग्य गर्न थालेका छन् । 

काँग्रेसका अध्यक्ष राहुल गान्धीले आजकल चुनावी र्यालीमा ‘चौकिदार चोर छ’ भन्न छुटाउँदैनन् । यो भाजपाबाट प्रधानमन्त्री भएका मोदीप्रति लक्षित छ भनेर बुझ्न गा¥हो छैन ।  राजनीतिक नाराबाजीको रुपमा प्रयोग यस युक्तिप्रति एक पेसागत समुह असन्तुष्ट देखिन्छन् । चौकिदारी काम गर्ने सुरक्षा गार्डहरुको एक संघले राहुलको भनाईले आफूहरुको अपमान भएको बताउदैं मुद्धा हालेका छन् । 

सुरक्षा गार्डहरुको एक संगठन ‘महाराष्ट्र राज्य सुरक्षा–रक्षक संघ’ ले बान्द्रा–कुर्ला कम्प्लेक्स थानामा सोमबार अभियोग दर्ता गराएको छ । मंगलबार एक प्रहरी अधिकारीले यसको जानकारी दिए ।  संघले अभियोगपत्रमा भनेको छ– ‘यस महिनाको सुरुमा एमएमआरडीए मैदानमा आयोजित भएको र्यालीमा राहुल गान्धीले ‘चौकीदार चोर छ’ भनेका थिए ।’ 

संघका अध्यक्ष सन्दीप घुगेले प्रहरी समक्ष काँग्रेस अध्यक्षमाथि सुरक्षा गार्डहरुको अपमान गर्ने खालको नारा लगाउन रोक लगाउन माग गरेका छन् । प्रधानमन्त्री मोदीको सरकारले गरेको राफेल लडाकू विमान सम्झौतामा अनियमितताको भएको विवाद सार्वजनिक भएपछि राहुल गान्धीले मोदीमाथि व्यङग्य गर्दै ‘चौकीदार चोर छ’ भन्ने नारा अघि ल्याएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप