बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा ७ वटा बम फेला, एउटा पड्कियो

बिहीबार, ३० फागुन २०७५, १८ : ५१
बिहीबार, ३० फागुन २०७५

परासी । नवलपरासीमा बमै–बम फेला परेपछि स्थानीयहरु त्रसित बनेका छन् । ठाउँ–ठाउँमा धमाधम बम तथा विस्फोटक पदार्थ भेटिन थालेपछि स्थानीयहरु त्रसित बनेका थिए । 

साँझ ५ बजेसम्म पुर्वी तथा पश्चिमी नवलपरासी गरि ७ वटा बम तथा विस्फोटक पदार्थ भेटिएको छ जसमध्ये एउटा आफैँ पड्कियो । बाँकी ७ वटालाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

बिहान गंैडाकोट नगरपालिका–९ जयश्री खोला नजिकै फेला परेको शंकास्पद बस्तु बम नरहेको पुष्टि भएको थियो । त्यस्तै दिउँसो जयश्री खोला नजिकैको प्लटिङ्गमा फेला परेको शंकास्पद बस्तु होममेड २ वटा सुतली र ३ वटा पेट्रोल बम रहेको पुष्टि भएको छ । जसलाई डिस्पोजल समेत गरि सकिएको प्रहरीले जनाएको छ ।

यता बिहान ११ः३० बजे कावासोती–८ फलफुल चोक एवं जिल्ला प्रहरी कार्यालयबाट १ सय मिटर दुरीमा ठूलो आवाजले पड्केको बमले स्थानीयमा निकै त्रास फैलिएको थियो । 

त्यसपछि देवचुली नगरपालिका–११ दलदलेमा पनि फेरि अर्काे ल्यापटपको ब्याट्रीमा तारबार बाँधी बिस्फोटक पदार्थ राखिएको अवस्थामा फेला प¥यो । जसलाई पनि बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको प्रहरीले जनाएको छ ।

कावासोतीमा पड्केको बमले कुनै मानविय तथा भौतिक क्षति नभएपनि स्थानियहरु निकै त्रसित बनेका थिए । यसरी ठाउँमा–ठाउँमा फेला परेको बमलाई डिस्पोजल गर्न सुरक्षाकर्मी तथा बम डिस्पोजल टोलीलाई धौँ–धौं समेत भएको थियो । 

नेकपा –विप्लव) को बन्दले पुर्वी नवलरासी ठप्पै थियो भने पश्चिम नवलपरासी पनि आंशिक रुपमा प्रभावित बनेको थियो । यता राती १ बजेको समयमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा रोकीराखेको दुई ट्रकमा अज्ञात समुहद्धारा आगजनी समेत भएको थियो । 

आगोले दुवै ट्रकको पछिल्लो दुई टायर जलेको र समयमै आगो निभाएर ट्रकलाई पुर्ण क्षति हुनबाट जोगाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप