शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुण्डाई एक्सचेन्ज योजना सुरु, स्पट एक्सचेन्जदेखि लोयल्टी बोनससम्मका अफर

बिहीबार, ३० फागुन २०७५, १८ : ५१
बिहीबार, ३० फागुन २०७५

काठमाडौं– नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई एक्सचेन्ज योजना सुरु गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले फाल्गुण ३० गते विहिबार देखि २०७५ चैत्र ५ गते मङ्गलवार बिहानको १० बजे देखि साँझको ६ बजेसम्म हुण्डाई एक्सचेन्ज क्रार्यक्रम ल्याएको हो । एक्सचेन्जका साथै स्पट एक्सचेन्ज र इजी फाईनान्स र इन्स्योरेन्स त्यसैगरी क्यास डिस्काउन्ट र लोयल्टी बोनस १५ हजार बराबरको दिएको छ ।

कम्पनीले ४ बर्षको फ्रि सर्भिस, ३ बर्षको वारेन्टी पनि दिएको छ । यी बाहेक एक्स्चेन्ज अवधिभर हुण्डाई अल न्यू स्यान्ट्रोसँग कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष अफरका साथै हुण्डाई अल न्यू स्यान्ट्रो प्रत्येक टेष्ट ड्राइभमा आकर्षक हुण्डाई उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धकरुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको र देश व्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप