शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलंकीमा लागेको आगलागीबाट ६ लाखको क्षति

बिहीबार, ३० फागुन २०७५, १८ : ३२
बिहीबार, ३० फागुन २०७५

काठमाडौँ । काठमाडौँको कलङ्कीस्थित एक बेकरी पसलमा आज आगलागी हुँदा झण्डै रु छ लाखको क्षति भएको छ । 

सिन्धुपाल्चोकको चन्द्रावती गाउँपालिकाका केशव आचार्यले काठमाडौं महानगरपालिका वडा नं १४ कलङ्कीमा सञ्चालन गरेको बेकरी पसलमा आगलागी भएको हो । 

आगलागीबाट रु पाँच लाख ९८ हजार बराबरको भौतिक संरचना र मालसामन क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ग्यास चुहिएर आगलागी भएको र दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप