शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अघोरी बन्दै अभिनेता प्रज्वल

बिहीबार, ३० फागुन २०७५, १८ : २८
बिहीबार, ३० फागुन २०७५

काठमाडौं– फिल्म ‘अघोरी’ निर्माण घोषणा गरिएको छ । विहिवार भद्रकाली मन्दिरमा फिल्मको स्क्रिप्ट पूजा गर्दै मुहूर्त समेत गरियो । प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मी शाह लगायत कलाकारले कार्यक्रममा मुहूर्त सट दिएका थिए ।  

विलभ्ड इन्टरटेन्मेन्ट प्रा.लिका लागि राधादेवी कटुवालले निर्माण गर्न लागेको फिल्म एक्सन लभस्टोरी बिषयमा बन्न लागेको हो । फिल्मलाई भोमन कटुवालले निर्देशन गर्दैछन् ।  १ चैत्रदेखि छायाँकनका लागि फ्लोरमा निस्किने फिल्ममा प्रज्वल, शारदाको अलवा मुनम मल्ल ठकुरी, उमेश खड्का, विन्दा तामाङ, सुरवीर पण्डित, अनमोल कार्की, तारा शाही ठकुरीको मुख्य भूमिका रहनेछ । फिल्ममा ‘अघोरी’को भूमिका अभिनेता प्रज्वलले निर्वाह गर्दैछन् ।

अघोरीले पञ्चायतकालको परिवेशमा रहेर द्धन्दात्मक प्रेम कथामा बन्न लागेको निर्देशक कटुवालले बताए । ३५ दिनको सुटिङ सेड्युअल रहेको फिल्म काठमाण्डौं, मुस्ताङ, पूर्व तथा पश्चिमका केही भेगहरु र दुवईमा खिचिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप