बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सेनाका पाइलट अभिनन्दनको तस्विर चुनावी प्रचारमा प्रयोगपछि कारबाही अघि बढाइयो

बिहीबार, ३० फागुन २०७५, १८ : १७
बिहीबार, ३० फागुन २०७५

एजेन्सी– भारतको निर्वाचन आयोगले चुनावी विज्ञापनमा अभिनन्दनको फोटो राखेकोमा ‘कारण देखाउ सुचना’ जारी गरेको छ । दिल्लीबाट भाजपा  राज्य–सांसद रहेका ओमप्रकाश शर्माले आफ्नो चुनावी विज्ञापनमा अभिनन्दनको तस्विर प्रयोग गरेका छन् ।

भारतीय निर्वाचन आयोगले शर्मालाई फेसबुकमा रहेको उक्त विज्ञापन हटाउन माग गरेको छ । साथै आयोगले शर्मालाई बिहिबारसम्म यसो गर्नु पछाडिको कारण लेख्न भनेको छ ।  भारतमा अप्रिल ११ सुरुदेखि मे १९ सम्म जारी हुने गरेर लोकसभा चुनावको समयतालिका सार्वजनिक भएको छ । दिल्लीमा मे १२ मा निर्वाचन हुने कार्यतालिका छ । 

मार्च १ मा समाजिक संजालमा शेयर गरिएको पोष्टरमा मोदी, भाजपा अध्यक्ष अमित शाह, भारतीय वायु सेनाका पाइलट अभिमन्यू र शर्मा देखाइएको छ । शर्मा दिल्लीसभाको विश्वास नगर क्षेत्रका वर्तमान प्रतिनिधि हुन् । 

पोष्टरमा लेखिएको छ: ‘पाकिस्तान झुकेको छ । हाम्रा बहादुर सेना फर्किएका छन् । मोदीजीले यति छोटो समयमा अभिनन्दनलाई फिर्ता ल्याउनु ठूलो कुटनीतिक जीत हो ।’ 

दिल्लीको शाहदाराका जिल्ला मेजिष्ट्रेट के.एम.महेशले भारतको समाचार एजेन्सी पीटिआईसँग कुरा गर्दै भने, ‘अभिनन्दन रहेको पोष्टर फेसबुकमा पोष्ट गरेकोमा मार्च ११ मा हामीले शर्मालाई कारण देखाउ सुचना जारी गरेका छौं ।’

जिल्ला निर्वाचन अधिकारीसमेत रहेका महेशले भने, ‘शर्मालाई बिहिबारसम्म जवाफ दिन माग गरिएको छ । यो सरासर निर्वाचन आचार संहिताको उलंघन हो । यसविरुद्ध उपयुक्त कदम लिइनेछ ।’ भारतको निर्वाचन संहिताअनुसार चुनावी प्रचारमा सैनिक फौजको सन्दर्भ उल्लेख गर्न पाइदैंन । 

शर्मालाई सुचित गर्नुको अतिरिक्त मंगलबार नै भारतको निर्वाचन आयोगले फेसबुकलाई यसबारेमा सुचित गराएको छ । आयोगले फेसबुकसँग ती दुई राजनीतिक पोष्टर हटाउन माग गरेको छ । 

भारतबाट प्रकासित हुने अंग्रेजी दैनिक इण्डिया एक्सप्रेसका अनुसार यसबारे भारतको निर्वाचन आयोगले फेसबुकको भारत समेत दक्षिण एसिया हेर्ने एक अधिकारीलाई अवगत गराएको छ । फेसबुकको दक्षिण एसियाका लागि सार्वजनिक नीति निर्देशक शिवनाथ थुक्रललाई यसबारे सुचित गराइएको इण्डिया एक्सप्रेसले जनाएको छ । 

भारतमा निर्वाचनको बेला लागू गरिने ‘आदर्श आचार संहिता’लाई सन् २०१३ देखि समाजिक सञ्जालमा पनि लागू हुने व्यवस्था गरिएको छ । तर यसअघि यसलाई कार्यन्वयनमा ल्याइएको थिएन ।  सामाजिक सञ्जालमा आचारसंहिता उलंघन गरिएकोमा कारवाही अगाडि बढाइएको सम्भवत यो पहिलो घटना हो ।

भारतमा महत्वका साथ हेरिएको लोकसभा निर्वाचन नजिकिदैं गर्दा पुलवामा आक्रमणपछि भारतले गरेका आक्रमणका संकेतहरुलाई प्रचारमा प्रयोग गर्ने क्रम बढेको छ ।  यसमा सबैभन्दा अगाडि सत्तारुढ पार्टी भाजपा देखिन्छ । तर अन्य पार्टीहरु पनि यसबाट अछुतो छैनन् । दिल्ली केन्द्रीत आम आद्मी पार्टीले समेत यी संकेत प्रयोग गरेको भेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप