शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरको पालुङमा ट्रकमा आगजनी

बिहीबार, ३० फागुन २०७५, १६ : ३९
बिहीबार, ३० फागुन २०७५

हेटौँडा– मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिकाको पालुङ नजिक गएराति करीब ११ः४५ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नंको ट्रक ट्रेलरमा अज्ञात समूहले आगजनी गरेको छ । 

आगजनीबाट ट्रकमा क्षति पुगेको छ भने ट्रकका चालक तथा सहचालक सुरक्षित छन् । सो घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसैगरी हेटौँडा उपमहानगरपालिका बस्तीपुरमा अज्ञात समूहले आज बिहान करिब  ६ः३० बजे ना ६ ख ७३६९ नं को ट्रकमा ढुङ्गाले हान्दा चालक र सहचालकलाई सामान्य चोटपटक लागेको पनि प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप