बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब विप्लवलाई प्रत्यक्ष–अप्रत्यक्ष सघाउनेलाई पनि कारबाही

बिहीबार, ३० फागुन २०७५, १६ : ३२
बिहीबार, ३० फागुन २०७५

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने भएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय गरेको जानकारी गराएका हुन् । 

त्यस्तै, अवैद्य हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले जानकारी दिए । 

मन्त्रिपरिषदले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको १४२ रोपनी जग्गा दुरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि गरेको छ । 

यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप