शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पपत्नी मेलानियाबारे अनौठो टिप्पणी, यस्तो छ लुकेको तथ्य

बिहीबार, ३० फागुन २०७५, १६ : १६
बिहीबार, ३० फागुन २०७५

एजेन्सी । बितेको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलावामा राज्यको भ्रमणमा थिए । भ्रमण पूर्वी अलावामामा हालै आएको चक्रवातले पारेको क्षतिको अवलोकनमा केन्द्रीत थियो । चक्रवातमा २३ नागरिकले ज्यानै गुमाए । 

तर भ्रमण अर्को एक कारणले पनि चर्चित रह्यो । चर्चा भ्रमणमा ट्रम्पसँगै रहेकी उनीकी श्रीमती मेलानियासँग जोडिएको छ । 

क्षतिग्रस्त क्षेत्रको भ्रमणका तस्विरहरु सार्वजनिक भए लगतै समाजिक संजाल ट्वीटरमा एक अचम्मलाग्दो षड्यन्त्र सिद्धान्त(कन्स्पीरेसी थ्यौरी) फैलिन थाल्यो । 

कयैन ट्वीटर प्रयोगकर्ताहरुले ट्रम्पसँग देखिएकी मेलानिया वास्तविक नभएर डुब्लीकेट (बडी डबल) रहेको उल्लेख गरे । अमेरिकी ट्वीटर प्रयोगकर्तामाझ ह्यासट्याक फेक मेलानिया भन्ने ट्रण्डनै चल्यो ।

यो अनौठो दावी गर्नेहरुले त्यो दिन ट्रम्पसँगै रहेकी महिलाको उचाई, कपाल, नाकदेखि अन्य हाउभाउ पनि मेलिनियाँभन्दा फरक रहेको दावी सहित ट्वीट गर्न थाले । 

सार्वजनिक कार्यक्रममा मेलानियाले श्रीमानसँग आफ्नो डुब्लिकेट पठाएको हल्ला यस अघि पनि चलेको थियो । 

सन् २०१७ अक्टोबरमा चक्रवातबाट ठूलो क्षति भोगेको क्यारेवियन भूभाग प्युटोरिकोको भ्रमणमा ट्रम्पसँगै रहेकी बेला पनि उनीमाथि शंका गरिएको थियो । 

अघिल्लो वर्ष अक्टोबरमा पनि यही सिद्धान्त पुन सतहमा आयो । त्यो बेला मेलानिया राष्ट्रपति ट्रम्पसँग ओहायो राज्यको कोलम्बसको भ्रमण थिइन् । 

बिहीबार ट्रम्पले आफ्नी श्रीमतीको वास्तविकतामाथि नै प्रश्न गर्ने सिद्धान्तप्रति रोष प्रकट गरेका छन् । ट्रम्पले उनीकी श्रीमतीको फोटोमा छेडखानी गरिएको आरोप लगाएका छन् । 

बुधबार ट्रम्पको मन पर्ने फक्स न्यूजको ‘फक्स एण्ड फ्रेण्ड्स’ टीभी कार्यक्रममा मेलानियाँको डुब्लीकेटबारे सामाजिक संजालमा आएका सिद्धान्तबारे प्रस्तुति दिएको थियो । 

यसपछि नै ट्रम्पले यस सिद्धान्तविरुद्ध मन्तव्य दिएका हुन् । ट्रम्पले फोटोलाई केही ‘फेक न्यूज(जाली समाचार)’ वालाहरुले बदलेको र यो कार्य समयसँगै थप खराब हुदैं गएको पनि बताए ।

ट्रम्पको लक्ष्य एबीसी च्यानलको ‘द भ्यू’ प्रति थियो । सो कार्यक्रममा अघिल्लो हप्ता यस सिद्धान्तबारे चर्चा गरिएको थियो । 

‘द भ्यू’का प्रस्तोताले मेलानियाबारेको षडयन्त्र सिद्धान्तलाई बल पुग्ने गरि केही कुरा उल्लेख गरेका थिए । उनले मेलानिया सामान्यभन्दा होचो देखिएको बताएका थिए । 

खासमा अधिकांश समयमा सार्वजनिक स्थानमा मेलानिया अग्लो हिलमा देखिन्छिन् । आलावामामा चक्रवातले पारेको क्षतिको अवलोकन गर्न गएको दिन उनले स्पोर्ट जुत्ता लगाएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप