बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिको १८ करोडको गाडीमाथि वरदानले बनाए ब्यङ्ग्य गीत

बिहीबार, ३० फागुन २०७५, १५ : ०१
बिहीबार, ३० फागुन २०७५

काठमाडौं– लोक गायक पशुपति शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट’ विवादमा तानिएपछि एकसमय नेपाली सांगीतिक आकाश निकै राम्रोसँग तात्यो । भ्रष्टाचारको बिषय लक्षित गरेर राज्यका उच्च ओहोदा रहेका माथि ब्यङ्ग्य प्रहार गरिएको गीतले गीतमा कस्ता शब्द प्रयोग गर्ने, नगर्ने भन्ने बिषयको बहस श्रृजना गर्यो । 

उक्त बहस अहिले त्यतिकै सेलाएको छ । तर राज्य र राज्यका उच्च पदका विषयमा विभिन्न किसिमका गीतसंगीत निर्माण हुन भने रोकिएका छैनन् ।  यस्तैमा वरदान बस्नेतले पनि प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका क्रियाकलापलाई ब्यङ्ग्य गर्दै गीत ‘बरदानको नमस्कार’ सार्वजनिक गरेका छन् । 

वरदानले गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमार्फत गायकले राष्ट्रपति र प्रधानमन्त्रीलाई नमस्कार गर्दै राष्ट्रपतिले अहिले चढ्ने भनिएको १८ करोडको गाडी उनको चमत्कार भएको भन्दै ब्यङ्ग्य ठोकेका छन् । 

उनले गीतमा बलात्कारको पीडाबाट चिच्याइरहेको जनताको दुःख, नेताहरुले गरेको भ्रष्टाचार र मूल्य बृद्धीमाथि पनि ब्यङ्ग्य कसेका छन् । 
 

यस्ता छन् उनका गीतका शब्द :

ओ हैन होला येस्तो पनि हुदो रहेछ यो दुनियाँमा

मेरो देश नेपाल प्रधानमन्त्री तिमिलाइ नमस्कार

मेरो देशको राष्ट्रिय पतिनी तिमिलाइ पनि नमस्कार

१८ करोडको गाडी चडेर के सार्हो चमत्कार

 

तुन्तुरी काटि देउन कस्ले गर्यो बलात्कार

ल सुनिदेउ उहाँ हरुको कर्मचार

अनि हाम्रो प्रिय पत्रकार

सुनाइदेउ मेरो यो गीत म हैन कलाकार

हाम्रो देशको नेता आनि भ्रष्टाचार

कस्तो सुहाएको ठ्याक्क दाल भात अचार

धनि हरुको आझै धनी हुने बिचार

गरिबहरुको लछारपछार ।

खुट्टा टेक्ने ठाउ छैन जब जान्छु बजार

पैसाको मोल छैन जब हुन्न हजार

बिक्ने हैन पेट्रोल पम्पमा तेल

त सक्दैन जनतालाई नपेल

छोडिदे तेरो चेयर तिमि हरु बुढो भयो ऐनामा हेर

पालो हो युवाहरुको देशलाई अलिकति न्याय दे

बुढी माउ सडकमा तरकारी बेच्दै छिन्

काम गरि खान दे नाना लाउन दे

घुस खाको आनि पुर्खाको सम्पत्ति सबै छेर

साथिभाइ र युवालाई कसरी उफार्छु उधाहारन हेर

* खा ** हरु एकादेशको कुरा हो काठमाडौंमा ट्रलि बस नि थे।

भोट दिने जनतालाई झारी तेस माथी चाहिन्छ सवारी।

यस्तो छ उनको गीत:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप