केन्द्रीय संस्करण
सन्दर्भ मार्क्स जयन्ती

मार्क्सकाे सम्झना : बिरालो बाँधेर श्राद्ध गर्ने र नयाँपनको नाम खुट्टामा टोपी लगाएर जग हँसाउने !

person explore access_timeफागुन ३०, २०७५ chat_bubble_outline0
static.themoscowtimes.com

विश्वलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट हेर्ने र सोही आधारमा बदल्ने दर्शनका प्रवर्तक कार्ल मार्क्सको मृत्यु भएको पनि आज अर्थात मार्च १४ मा एक सय पैँतिस वर्ष पुगेको छ । आजको मितिसम्म पनि उनको पक्ष र विपक्षमा विश्व नै बहसमा तानिएको तथ्यले पनि उनको दर्शनको दीर्घकालीन महत्त्वलाई प्रष्ट पारेको छ भने समकालीन आवश्यकतातर्फ समेत सङ्केत गरेको छ ।

नेपालमा मार्क्सवादी दर्शनको प्रयोग गरी सामाजिक, आर्थिक बदलाव ल्याउने उद्घोष गरिएको  पनि सत्तरी वर्ष भइसकेको छ । सामन्तवादी समाजबाट साम्यवादसम्म पुग्ने लामो गन्तव्य निर्धारण गरी अघि बढेको यो अभियान आज गन्तव्य बिर्सिएको यात्रीझैँ भएको आभाष हुन लागेको छ ।

मार्क्सवादी दर्शनमा अल्पविराम र पूर्णविराम पनि परिवर्तन हुनुहँदैन भन्नेहरूको समूह पनि गन्तव्यसम्म पुग्न नसकी ऊर्जा सकिएको सवारी जस्तो बनेको छ भने सुधारको नाममा मार्क्सवादी दर्शनको मौलिकतामाथि नै धावा बोल्ने अर्को समूह पनि छ । जुन समूह साम्यवादसम्म पुग्ने योजनाबाट त पछि छुटी नै सकेको छ । यद्यपि जनमत ‘हत्याउन’कै लागि भने पनि आफूलाई साम्यवादी चाहिँ बताइरहनुपर्ने उनीहरूको बाध्यता अचम्म लाग्दो छ । कोही बिरालो बाँधेर श्राद्ध गरिरहेका छन् त कोही नयाँपनको नाम खुट्टामा टोपी लगाएर जग हँसाइरहेका छन् । मार्क्स अब एउटा ‘भजन गाउने भ्रम झर्ने’ माध्यम बन्न पुगेको छ ।

एकता, सङ्घर्ष र रूपान्तरणको प्रक्रियामा विश्वास गर्ने मार्क्सवादीहरू एकता सङ्घर्ष फुटको लम्बेतान यात्रा गरिरहेछन् । झण्डै सत्तरी वर्षको नेपालको कम्युनिस्ट आन्दोलन विस्तारै रङ खुइलिएको चित्र जस्तै बन्न थालेको छ । विश्वमा साम्यवादी शासन व्यवस्था अस्तित्व जोगाउन सङ्घर्षरत छ तर नेपालमा भने वैधानिक बाटोबाट कम्युनिस्टहरूको दुई तिहाइको सरकार छ । तर अचम्म के छ भने न यहाँ कसैलाई कार्ल मार्क्स सम्झने फुर्सद छ न कसैलाई उनको सिद्धान्तबारे बहस र छलफल गर्ने नै ।

कार्लमार्क्सको सालिक ठड्याएर त्यसमा माल्यार्पण गरेर केही हुँदैन । कम्युनिस्ट घोषणापत्रमा पूजा गर्दैमा पनि जनजीवन फेरिँदैन । मार्क्सको फोटोमा माल्यार्पण गरेर वर्ग विलोप हुँदैन । मार्क्सको सम्झनामा मौनधारण गर्दैमा राज्यको विलोपीकरण सुरु हुँदैन । त्यसो भए के मार्क्सको सम्झना नै बेकार हो त ? उनको सम्झनामा उनीप्रति श्रद्धाभाव व्यक्त गर्नु पनि अपराध हो त ? त्यसो त झन हुँदै होइन ।

सडकमा हिँड्ने सयजना मान्छेलाई छान्दा पनि पचासभन्दा बढी मान्छे आफूलाई मार्क्सवादी भन्नेहरू नै पर्छन् नेपालमा । तर आलोचनात्मक बहस छलफल भने मार्क्स र मार्क्सवादमाथि बिरलै हुने गर्दछ । मार्क्सलाई सम्झिने नाममा फोटोमा माल्यार्पण गर्ने एउटा परिपाटी छ ‘बाल मतलब छैन’ वाला । यसरी न मार्क्सप्रति सच्चा स्मरण हुन्छ, न मार्क्सवादप्रतिको न्याय नै । आफूलाई मार्क्सवादी भन्ने तर मार्क्सवादको उन्नयनमा भने खास चासो नराख्ने प्रवृत्ति झाँगिदो छ ।

नेपालको सन्दर्भमा मार्क्सलाई कसरी सम्झिने ?

बिसौँ शताब्दीमा सबैभन्दा धेरै प्रभावित गर्ने दार्शनिकि चिन्तक हुन् कार्ल मार्क्स । नेपालको ठूलो जनसङ्ख्या मार्क्ससँग परिचित छ । हामीले आआफ्नै ढङ्गले मार्क्सको कल्पना गरेका छौँ । कम्युनिस्टको कुरा निकाल्ने कार्ल मार्क्स नै हुन् । उनले छरेको बीउले संसारभरी ढाकेको छ । त्यसको फल नेपालमा पनि दुई तिहाइ सरकारको रूपमा देखापरेको छ  ।

‘दुई तिहाइको फलको रूपमा अहिले कम्युनिस्टहरू सरकारमा, तल–माथि सदनमा, सडकमा उनको नामले छाएका छन् । नेपालमा मात्र नभई विश्वभरी उनको प्रभाव प्रबल रहको छ । बिहानै उठेर सम्झिनुपर्ने मान्छेका रूपमा हामीले मार्क्सलाई लिनुपर्छ ।

नेपालका कम्युनिस्ट साँच्चिकै कम्युनिस्ट हुन् भने उनलाई सत् नमस्कार गर्नुपर्ने तर्क गर्दै स्वनाम साथी भन्छन् ‘दुई तिहाइको फलको रूपमा अहिले कम्युनिस्टहरू सरकारमा, तल–माथि सदनमा, सडकमा उनको नामले छाएका छन् । नेपालमा मात्र नभई विश्वभरी उनको प्रभाव प्रबल रहको छ । बिहानै उठेर सम्झिनुपर्ने मान्छेका रूपमा हामीले मार्क्सलाई लिनुपर्छ । उनीप्रति आभार व्यक्त गर्नुपर्छ ।’

राम कार्की भन्छन्, ‘हामीले कार्लमार्क्सलाई मुक्तिदाता सिद्धान्तका क्रान्तिकारी भनेर बुझेका छौँ ।’

मार्क्सको मौलिक चिन्तन हराउँदै गएको र मानिसहरूले उनको सिद्धान्तलाई बेवास्ता गरेकोमा दुःख व्यक्त गर्दै उनी भन्छन्, ‘नेपालको सन्दर्भमा केवल दैनिक राजनीतिमा रमाउनेहरू पनि मार्क्सको खोल ओढिरहेका छन् । जस्तै रुसले संसारलाई एउटा भ्रम दिन खोजिरहेको थियो । त्यस्तै  नेपालमा पनि सारमा मार्क्सवादलाई समातेनौँ भने त्यो रूपको मार्क्सवाद त्यसरी नै च्यातिन्छ ।’

संसारलाई हेर्न, फेर्न, बुझ्नका लागि र गरिखाने मानिसको मुक्तिका लागि आवश्यकताबोध गराउने, त्यसलाई लागू गर्नका लागि सिद्धान्त तय गर्ने व्यक्तिका रूपमा मार्क्सलाई सम्झिनुपर्ने तर्क भने राजेन्द्र महर्जनको छ ।

मार्क्सले देखाएको भन्दा उल्टो बाटोमा कम्युनिस्ट

पछिल्लो चरणमा मार्क्सका विचारलाई लागू गर्ने भनेर मार्क्सका मूलभूत कुराहरूलाई पनि वेबास्ता गर्ने गरी लागू गर्न लागिएको छ । नेपालको सन्दर्भमा मार्क्सका विचारहरूलाई बुझेर भन्दा पनि मार्क्सलाई सूत्रका रूपमा बुझ्ने परम्परा रहेको छ ।

नेपालमा आफूलाई मार्क्सवादी भन्नेहरू र मार्क्सवादी भनेर पनि नपुगेर लेनिनवादी, माओवादी, केकेवादी भनेर नीति व्यवहार हेर्दा त्योभन्दा उल्टो देखिन्छ ।’

मार्क्सका विचारलाई धर्म ग्रन्थका रूपमा जप गर्ने मन्त्र जस्तो मात्र गरी अपनाइयो भन्दै राजेन्द्र महर्जन भन्छन्, ‘मार्क्सले मूल काम गरी खाने श्रमिकलाई केन्द्रमा राखेर राजनीति गर, राजनीतिलाई हेर र राजनीतिलाई गरिखानेको लागि उन्मुख बनाऊ भनेका छन् । तर नेपालमा आफूलाई मार्क्सवादी भन्नेहरू र मार्क्सवादी भनेर पनि नपुगेर लेनिनवादी, माओवादी, केकेवादी भनेर नीति व्यवहार हेर्दा त्योभन्दा उल्टो देखिन्छ ।’

उनी थप्छन्, ‘उनीहरूले गरिखाने वर्गलाई आफ्नो सङ्गठन निर्माण गर्नका लागि आफ्नो जनआधार विस्तार गर्नको लागि देखिन्छ । उनीहरूको लागि हितका लागि काम गरेको उदाहरण कमै छ ।’

मार्क्सले देखाएको भन्दा उल्टो बाटोमा कम्युनिस्ट लागेको भन्दै महर्जन भन्छन्, ‘मार्क्सले आआफ्नो समाज हेरे, आआफ्नो समाजको जटिलता के हो ? अन्तरविरोध के हो ? त्यो  हेरेर यसको आधारमा समस्या समाधान गर, सामाजिक, राजनीतिक समस्या हल गर भन्छन्  । तर नेपालको समस्या के छ भने युरोपमा जस्तो सूत्र कण्ठ गर्ने र युरोपमा जस्तो प्रभावहरू खोज्ने । त्यो प्रवृत्तिका कारण कोही कोही मानिस अतिमा जाने देखिन्छ ।’

सम्पत्तिको अखडा अन्त्य गर्नुपर्ने

नेपालमा अहिले पनि वर्गीय विभेद सकिएको छैन । सम्पत्तिको अखडा बाँकी नै छ । महिलाको नाममा सम्पत्ति अझै पनि कुनै कुनैको मात्र छ । मार्क्सले सम्पत्तिको कुरा अन्त्य गर्नुपर्छ भनेका छन् ।

स्वनाम साथी भन्छन्, ‘हामीलाई सुरक्षा, सुविधाको लागि सम्पत्ति चाहियो । अरूको सम्पत्ति हडप्ने कुरा छ । त्यस्तो कुरा नेपालमा अहिले पनि कायमै छ । भूकम्प पीडितहरू त्यत्तिकै बसिरहेका छन् । सारा मानिस सम्पत्ति कमाउन दौडिएका छन् । त्यसैले सम्पत्तिमाथिको स्वामित्व अन्त्य गर्नुपर्छ ।’

उनी थप्छन्, ‘उनले १८४८ मा कम्युनिस्ट घोषणापत्र निकालेका हुन् । उनले भनेको वर्ग नभएको दुनियाँ बनाउने कुरा नै मार्क्सको सबैभन्दा ठूलो योगदान हो । हामी नेपालीहरू अहिले पहिले सम्पत्तिको कुराबाट बाहिर आउने कुरा हो । उहाँले दिएको शिक्षामा आठ कुरा रहेका छन् । ती आठ कुरा हामीले आजैदेखि सुरु गर्ने कुरा हो ।’

मार्क्सका मुद्दा हतियारका रूपमा मात्र प्रयोग

नेपालको सन्दर्भमा मार्क्सवाद माथि थपथाप गर्ने वा सुधार भएको प्रवृत्ति देखिँदैन । नेपालमा जात व्यवस्था, वर्ण व्यवस्था छ । त्यसको बारेमा अध्ययन गर्ने र त्यसको आधारमा नेपालको सामाजिक परिवर्तनलाई आयाम दिनुपर्ने हो । दिन सकिएको छैन । नेपालीमा जनजाति, मधेस, महिलाका छुट्टै समस्या छन् । ती समस्यालाई एकीकृत रूपमा कसरी हल गर्ने भनेर निकालिएको भए मार्क्सवादमा एउटा थप सुधार हुन सक्थ्यो । त्यो पनि गर्न सकिएको छैन ।

राजेन्द्र महर्जन भन्छन्, ‘जनजाति, दलित र महिलाका मुद्दाहरूलाई हतियारका रूपमा मात्र प्रयोग गरियो । मार्क्सवादमाथि खासै योगदान भएको देखिँदैन ।’

मार्क्सका विचारलाई लागू कसरी गर्ने ?

http://setokalam.com

‘नेपालमा शान्ति, स्थायित्व कायम गर्नका लागि, नेपाली समाजलाई अगाडि बढाउनका लागि मार्क्सको आधारभूत शिक्षा छन् त्यसलाई अगाडि बढाउनुपर्छ । मार्क्सको विचार अनुसार नेपालमा कुनै काम भएको छ छैन ।’

राम कार्की भन्छन्, ‘मार्क्सका अनुसार गरिखाने, खटिखाने पौरखी जनता स्वतन्त्र हुनुपर्यो ।’

स्वतन्त्रता र शान्ति अलग अलग रहन नसक्ने र जुन मान्छेले आफूलाई स्वतन्त्र अनुभव गर्दैन त्यो मान्छे शान्त बस्न नै सक्दैन भन्दै उनी भन्छन्, ‘नेपालमा पनि हामी शान्ति र स्थायित्वको कुरा गर्छौँ, त्यतिबेला यहाँको नागरिक स्वतन्त्र छ कि छैन हेर्नुपर्छ । आज हाम्रा लार्खौं लाख युवा छन्, उनीहरूले स्वतन्त्र हुनु भनेको पौरख गर्न यहीँ पाउनु हो । त्यो भूमिका उनीहरूले नपाएसम्म उनीहरूलाई स्वतन्त्र भन्न मिल्दैन । मान्छे स्वतन्त्र छैन । मान्छे जहिले पनि खतरामा परिरहेको हुन्छ ।’

उनी थप्छन्, ‘नेपालमा शान्ति, स्थायित्व कायम गर्नका लागि, नेपाली समाजलाई अगाडि बढाउनका लागि मार्क्सको आधारभूत शिक्षा छन् त्यसलाई अगाडि बढाउनुपर्छ । मार्क्सको विचार अनुसार नेपालमा कुनै काम भएको छ छैन ।’

स्वनाम साथीको भने विचार फरक छ । उनी भन्छन्, ‘सम्पत्तिको स्वामित्व र यसको नाफा साझामा हुनुपर्यो । यो काम नगर्ने हो साहु महाजनहरू र उनीहरूको पक्षको सरकार छोडिदिए हुन्छ । जनताले चलाउँछन् । अहिलेसम्म चलाइरहेका थिए ।’

उनी थप्छन्, ‘सार्वजनिक सम्पत्ति निजी भयो । निजीलाई फेरि सार्वजनिक गराऊँ भन्ने कुरा गरेका छन् । सार्वजनिक सम्पत्तिलाई निजी गराएर आफू मात्रै खाने बाँकी अरू भोकै मर्ने ?’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.