मलाईकासँग सम्बन्धविच्छेद पछि खुल्ला साँढे भए भन्नेलाई अरबाज खानको यस्तो जवाफ
२१ वर्षे आफ्नो वैवाहिक सम्बन्ध तोडेपछि अरबाज खान र मलाइका अरोडाको प्रेम सम्बन्धबारे धेरैको चासो छ । केही महिलासँग देखिएपछि अरबाजले गत वर्ष जुमटिभीलाई आफू जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा रहेको स्विकार गरे । विवाहबारे प्रश्न सोध्दा अरबाजले भने, ‘अहिलेको कुरा गर्ने हो भने हो, म प्रेम सम्बन्धमा छु र मलाई यो कहाँसम्म पुग्छ भन्ने थाहा छैन ।’
हालै उनको डिजिटल च्याट शोमा करिना कपुर खान पहिलो पाहुनाको रुपमा उपस्थित भइन् । यो कार्यक्रममार्फत् पाहुनालाई सोसल मिडियामा ट्रोलसँग आमनेसामने गराइन्छ । कार्यक्रमको अन्त्यतिर करिनाले अरबाजसम्बन्धि एउटा ट्वीट पढिन् । उक्त ट्वीटमा मलाईकासँग सम्बन्धविच्छेदपछि अरबाज ‘खुल्ला साँढे’ भएको बताइएको छ । करिनाले हाँस्दै के यो साँचो हो भनेर सोधिन् । यसमा उनले भने, ‘तिमीलाई थाहा छ !’ करिनाले त्यसपछि भनिन्, ‘मलाई थाहा छैन ।’
त्यसपछि अरबाजले भने, ‘अरे भाइ, २१ वर्षको सम्बन्ध सिद्धिएको छ । केही हदसम्म यो कुरा साँचो हो त्यसैले मलाई खासै नराम्रो लागेको छैन । मेलमिलापका लागि अथक प्रयास गर्दा पनि केही भइरहेको थिएन । हामी दुबैले प्रयास गर्यौं । तर त्यसले रंग ल्याएन । तर त्यसको केही समय पछि, मैले जीवनमा अघि बढ्नै थियो ।’
करिनाले त्यसपछि जिस्काउँदै भनिन्, ‘र तिमी अब खुल्ला साँढे भएको छौ ।’ अरबाजले थपे, ‘होइन, केही हदसम्म थिएँ । अहिले म ठिक छु । यसमा केही सत्यता पनि हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला