विप्लवले शिविरबाट हतियार लगे
बिहीबार, ३० फागुन २०७५, ०७ : ५४
सुर्खेत – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् ।
उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।
लडाकुका पूर्वडेपुटी कमान्डरसमेत रहेका मन्त्री खनालले विप्लव समूह तत्कालीन शिविरहरुबाट कति हतियार लिएर बाहिरिएको थियो भन्नेबारे भने खुलाएनन् । ‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं, ’ उनले भने ‘त्यही बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।’
उनले विप्लव समूहले अस्थायी शिविरहरुबाट हतियार लैजाने क्रममा आगजनीसमेत गरेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)