शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् बिहिबारको राशिफल

बिहीबार, ३० फागुन २०७५, ०७ : २५
बिहीबार, ३० फागुन २०७५

वि.सं.२०७५ साल फाल्गुन ३० गते । बिहिबार । ईश्वी सन् २०१९ मार्च १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि अष्टमी,४१ घडी ३० पला,बेलुकी १० बजेर ५४ मिनेट उप्रान्त नवमी । नक्षत्र मृगशिरा,४६ घडी ०३ पला,रातको १२ बजेर ४३ मिनेट उप्रान्त आद्रा । योग प्रिती,०६ घडि ४२ पला,बिहान ०८ बजेर ५८ मिनेट उप्रान्त आयुष्मान । करण भद्रा,बिहान ११ बजेर ३८ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ५४ मिनेट उप्रान्त वालव । आनन्दादिमा मृत्यू योग । चन्द्रराशि बृष,दिउसो ०१ बजेर ०७ मिनेट उप्रान्त मिथुन । गोरखकाली पूजा। होलिकारम्भ। चीरोत्थान गर्ने दिवस ९चीरस्वाय। फाल्गुण मसान्त।

काठमाडौंमा सूर्योदय ०६ बजेर १७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ११ मिनेट । दिनमान २८ घडी ४४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफन्तसँग सँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानिबाट मनग्गे भन लाभ हुँने योग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुँने तथा सबैले तपाईको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ । साझपख समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । शुन्दर तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अन्तराष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउँन सकिनेछ । लामो दुरिको बिदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बडेपनि मन खुसि रहनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले समाजमा राम्रा काम गरि नाम तथा ईज्जत कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुने हुदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । साझपख लामो दुरिको यात्रा हुने योग रहेकोछ । बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । रोजगारिका अवसर सिर्जना गरि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन कमाउँन सकिने समय रहेकोछ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुदा पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानका समय लगासन गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यत बढेर जानेछ । साझपख समय मध्ययम रहेकोले आफुभन्दा अग्रजहरु सँग राय बाजिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य सबल हुँने हुँदा उपलब्धिमुलक कामहरु गरेर दैनिकी जीवन फेरिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनजस्तो नतिजा आउँने हुँदा मन प्रशन्न हुनेछ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने दिदिबहिनिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आकस्मिक धन प्राप्तिको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक बस्तु तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्त तथा शुभचिन्तकहरुलेनै तपाईलाई फसाउँन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नहुँदा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथि सँग मनमुटाब बढ्ने हुँदा कामहरु प्रभावित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुनालेमन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ । साझपअ न्यायिक  निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपुर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनालेस्कुल कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्त सँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । साझपख आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । 

तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र ।

चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप