बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा नितेशको विजयी सुरुवात

बुधबार, २९ फागुन २०७५, २० : ४३
बुधबार, २९ फागुन २०७५

काठमाडौं । काभ्रेका नितेश राजभण्डारीले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । काठमाडौंमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा नितेशले काठमाडौंका प्रशान्त वज्राचार्यलाई ३–२ फ्रेममा हराए ।

अर्को खेलमा काठमाडौंका सुमेश लामाले काठमाडौंकै विकी खड्गीलाई ३–०, पोखराका नवीन राणाले नारायणीका सञ्जय गुरुङ, ललितपुरका रविन्द्र विष्टले काठमाडौंका सन्जिव लामालाई ३–१, महोत्तरीका विनोद श्रेष्ठले काठमाडौंका निश्चल केसीलाई ३–०, काठमाडौंका उदिप शाक्यले काठमाडौंका निरजमान सैंजुलाई ३–०, काठमाडौंका आशिष गौतमले काभ्रेका जितेन लामालाई ३–१ र काठमाडौंका जय महर्जनले काठमाडौंका सुशील थापालाई ३–२ ले हराए ।

यसैगरी अन्य खेलमा काठमाडौंका रेन्जेन लामाले काठमाडौंका दीपेन खड्गीलाई ३–१, काठमाडौंका निर्भिक लामाले काठमाडौंका अनिल गिरीलाई ३–०, काठमाडौंका तेन्जेन लामाले इलामका आकाश श्रेष्ठलाई ३–१, काठमाडौंका सागर चित्रकारले काठमाडौंका आशिष बराललाई ३–२, ललितपुरका सफिर राजकर्णिकारले काठमाडौंका राम महर्जनलाई ३–१ ले पराजित गरे ।

यस्तै काठमाडौंका विनयसिंह ठकुरीले नवलपरासीका खेमराज गुरुङलाई ३–१, काभ्रेका किरण लामाले रामेछापका मेघलाल तामाङलाई ३–१, काभ्रेका वान्छेन छापले विराटनगरका अनुप सिंहलाई ३–०, काठमाडौंका दोर्जे शेर्पाले काठमाडौंका विकेनबहादुर रिजाललाई ३–० र काठमाडौंका सूर्यबहादुरले काठमाडौंका प्रकट महर्जनलाई ३–१ ले पाखा लगाए ।

चैत ८ गतेसम्म चल्ने प्रतियोगितामा एक सय २८ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख १० हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप