बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माल्दिभ्समाथि भारतको गोल बर्षा

बुधबार, २९ फागुन २०७५, २० : ०५
बुधबार, २९ फागुन २०७५

काठमाडौं । साविक विजेता भारतले महिला साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सलाई ६–० गोलले हराएको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको समूह बीको पहिलो खेलमा भारतले माल्दिभ्समाथि एकपक्षीय जित निकाल्न सफल भयो । 

भारतका लागि आठौं मिनेटमा ग्रेस डाङमीले खाता खोलिन् । १३औं मिनेटमा सन्ध्या रङ्गनाथले दोस्रो गोल गरेकी थिईन् । पहिलो हाफमै पाँच गोल गरेको भारतका लागि २२औं मिनेटमा इन्दुमती काथिरसेन, २७औं मिनेटमा सञ्जु र पहिलो हाफको इन्जुरी समयमा रतनबाला देवीले एक एक गोल गरे । 

दोस्रो हाफमा एकमात्र गोल सञ्जुले थपिन् । सञ्जुले ९०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोलगर्दै टोलीको जित सहज बनाईन् । खेलभर दबाब झेलेको माल्दिभ्स निरिह बन्यो । माल्दिभ्सले गोलगर्न लायक कुनैपनि अवसर बनाउन सकेन । 

जितसँगै भारतले तीन अंक बनाएको छ । समूहको दोेस्रो खेल भारतले आइतबार श्रीलंकासँग खेल्नेछ । बिहिबार भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप