शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो भ्रष्टाचार विरुद्धको चित्रकला प्रदर्शनी

बुधबार, २९ फागुन २०७५, १३ : १५
बुधबार, २९ फागुन २०७५

काठमाडौं– भ्रष्टाचारविरुद्ध जनचेतना र सुशासनका लागि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा आयोजित ‘भ्रष्टाचार विरुद्धको चित्रकला प्रदर्शनी’ मङ्गलबार सकिएको छ । 

नेपाल आर्ट काउन्सिल बबरमहलमा २६ गतेदेखि सुरु भएको थियो । प्रदर्शनीमा ललितकला क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अन्य कलाकारगरी ६५ जना कलाकारका ६५ कलाकृति राखिएका थिए । 

कलाकारले एक्रेलिक, वयल, वाटर, चार्कोल र मिक्समिडिया माध्यमको प्रयोग गरेका थिए । प्रदर्शनीमा राखिएका ६५ चित्रकलामध्येबाट उत्कृष्ट १२ चित्र र त्यसमा कलाकार उद्धवराज रिमाल पहिलो, कृष्ण लामा दोस्रो र साजन ह्यङ्गजु तेस्रो भएका छन् ।

पहिलो, दोस्रो र तेस्रो हुने कलाकारलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको चित्रकला प्रदर्शनी संयोजक उपप्राध्यापक जस्मिन राजभण्डारीले जानकारी दिए ।

त्यस्तै, अनिल महर्जन, निरज चित्रकार, लक्ष्मण भुसाल, सविन आचार्य, कमल श्रेष्ठ, विद्यामन तामाङ, रोजन खड्का, विवश राई, कृष्णादेवी महर्जनलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप